ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित

Sep 23, 2023 - 11:54
 0  4
ह्युम पाइप उद्योग संगठनको साधारण सभा सम्पन्न अध्यक्षमा आचार्य निर्वाचित
२०८० असोज ६,काठमाडौं,काव्य घर । ह्युम पाइप उद्योग संगठन नेपालको १२ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार काठमाडौ स्थित लर्ड पार्टी भेन्यु धुम्वाराहीमा भएको राष्ट्रिय भेलाले कुलप्रसाद (केपी) आचार्यको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति चयन गर्दै सम्पन्न भएको हो । समितिको उपाध्यक्षमा मुकुन्द गौतम र उपेन्द्र विष्ट र हरीहर नेपाल महासचिवमा नारायण बहादुर खत्री सचिव सन्ताष अधिकारी कोषाध्यक्ष सञ्जयराज श्रेष्ठ चयन हुनु भएको छ । यस्तै समितिका सदस्यहरुमा पवन भट्ट,गोपाल खड्का,बावुराम रेग्मी, दाउत तामाङ, विकेन्द्र मानन्धर र ज्योती रिजाल सर्वसहमत चयन हुनु भएको छ । भेलामा संस्थाका कोषाध्यक्ष मनोहरी जोशीले संस्थाको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । जोशीले विभिन्न आर्थिक वर्षमा संगठनले गरेका आर्थिक कृयाकलापका प्रतिवेदन पेश गर्दै संस्थालाई अगाडी वढाउने रणनितिक योजना प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष कुसुमकुमार कार्कीले ससंस्थाको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्कीले व्यवसायीक हक हित र अधिकारका लागि संगठन जरुरी भएको भन्दै संगठित भएर अगाडी वढेमा आइपर्ने यावत खाले चुनौतिलाई सामना गर्न सजिलो हुने उहाँको भनाई थियो । पेशा व्यवसायमा सवै खालका मानिसहरुसंग व्यवसायीक सम्वन्ध राख्नु पर्ने भन्दै उहाँले प्लाष्टिक जन्य पाइप सँग ह्युम पाइपको कुनैपनि तुलना नहुने भन्दै सरकारले समेत स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले संगठनको सुुदृढिकरणको लागि १२ वुँदे कार्ययोजना समेत पेश गर्दै उद्योग व्यवसायमा भैपरी आउने दुर्धटना व्यवस्थापन, गुणस्तरीय सामाग्री उत्पदनमा महत्व दिने, उद्योगलाई आवश्यक पर्ने विभिन्न खालका ज्ञान र सीप प्रदान गर्नुपर्ने, कर र करजन्य समस्या समाधानमा ध्यान दिने, संघहरु प्रदेश स्तर सम्म गठन र पूनर्गठन गर्दै लैजाने, व्यवसायीलाई संगठित गर्ने उद्योग सँग सम्वन्धित कानुन निर्माणमा पहल गर्ने जस्ता विषयहरु समावेश गरीएको छ । कार्यक्रममा संस्थाका निर्वाचित अध्यक्ष आचार्यले प्रतिवध्दता मन्तवय राख्दै उद्योगमा थु्प्रैखाले समस्या र चुनौतिहरु रहेको भन्दै समाधानमा सवैको सक्रियता आवश्यक रहेको औल्याउनु भयो ।उहाँले राष्ट्रिय अर्थतन्त्रमा व्यापार घाटा भइरहेको सन्दर्भमा स्वदेशी कच्चा पदार्थबाट बनेका ह्युम पाइपलाई सरकारले समेत प्रवर्धन गर्नुपर्ने भन्दै राज्य यस विषयमा गम्भिर हुनुपर्ने बताउनु भयो । कार्यक्रमको संचालन संघका सञ्जयराज श्रेष्ठ र स्वागत मन्तव्य भानुभक्त शर्माले गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि