प्रज्ञा प्रतिष्ठानद्वारा बिजया दशमी लक्ष्यित पुस्तक पर्दशनी शुरु
असोज ११ काठमाडौँ , काव्य घर /नेपाल प्रज्ञा-प्रतिष्ठानले'सबै भाषा सबै ज्ञान सबैको प्रज्ञा-प्रतिष्ठान'भन्ने मूल नाराका साथ नियमित कार्यतालिकाअनुसार विजयादशमी -२०८०को उपलक्ष्यमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ।
आमरूपमा पठन संस्कृतिकाे विकास गर्ने उद्वेश्यले आयोजित पुस्तक प्रदर्शनीको शुभारम्ब गरिएको छ । यस अवसरमा पाठकहरूको चाहना र पठन संस्कृतिप्रति आकर्षित गर्ने उद्वेश्यले पुस्तक प्रदर्शनी गरिएको हो ।
प्रज्ञाका पुस्तकहरू सातै प्रदेश र पालिकासम्म पु-याउने लक्ष्य राखेको छ । यस प्रदर्शनीमा भाषा,साहित्य,संस्कृति ,दर्शन,इतिहास,सामाजिक शास्त्र, कला र विज्ञानलगायतका पुस्तकहरू राखिएकाे छ ।यस पुस्तक प्रदर्शनीमा शब्दकाेशबाहेकका सम्पूर्ण पुस्तकहरू ४० प्रतिशत छुटमा विक्री गर्ने व्यवस्था गरिएको छ ।
What's Your Reaction?