प्रदेश नम्बर एक झन झन संकटमा रुमलिदै -राजकुमार खड्गा
यतिबेला प्रदेश नम्बर एक झन झन संकटमा रुमलिदै गइरहेको छ । मुख्य कारण अबसरबादी एमाले काङ्ग्रेस र माओवादी हुन ।प्रदेश नम्बर एकको नाम कोसी प्रदेशका दुइतिहाई सांसदहरुले पारित गरेकै सम्बन्धमा उत्पन्न विवाद यतिबेला मध्यावधि चुनाव लक्ष्यित अगाडि बढेको छ । त्यसका लागि मुख्य दोसी यिनै काङ्ग्रेस एमाले माओवादी हुन।माओवादी काङ्ग्रेस एमाले कै कारण प्रदेश नम्बर एकको नाम कोशी रहन गयो र यसलाई जनताले अस्विकार गरिदिए ।अब गहुत छर्किएर चोखिने निउमा काङ्ग्रेस माओवादीहरु मिडिया बाजि गर्दै छन र कोसि नाम इतरका पहिचानबादिहरु मख्ख हुँदै गइरहेकाछन । एमाले ठुलो दल र प्रदेश नम्बर एकको सत्तापक्ष दल पनि हो तर उसमा पनि समाधान लक्ष्यित सोच पलाएको छैन । बरु कोसि प्रदेश नामाकरण बादिहरु तितरबितर हुन थालेका छन । झुन्ड झुन्डमा बिभाजन हुँदै थप अस्थिरता तर्फ उन्मुख हुँदै अगाडि बढेका छन । यसबाट के प्रष्ट छ भने उनीहरु शान्ति बिकास र अमनचयन भन्दा नेताकार्यकर्ता मुखी नीति नियम सिद्धान्त र ब्यवहार हावी बनाउन चहादै गरेको प्रष्ट बुझ्न सकिन्छ । अब यसै अवस्थामा मध्यावधि चुनाव आएमा एमाले काङ्ग्रेस र माओवादीलाई प्रदेशका जनताले बहिष्कारको नीति लिएनन भने झन झन समस्या निम्तिने निश्चिति छ।
पहिचान पक्षधरहरुको पनि अलगअलग धार छ । एकतहरी अर्कोपक्षलाई अगाडि सारेर पछाडिबाट प्रदेशको नाम किरात राख्ने दाउमा सत्ता र शक्तिको जोहो गरेर अगाडि बढेको छ भने अर्को एक पक्ष पहिचानको नाममा अर्को पक्षलाई पनि समेट्दै लिम्बुवान किरात / किरात लिम्बुवान हुनुपर्नेमा अगाडि बढेको छ ।अर्को अर्थात तेस्रो पक्ष दलहरु काङ्ग्रेस एमाले र माओवादी कोसि नामाकरण अर्थात त्यस्तो नामाकरणमा छन भने राप्रपा लगायतका सानादलहरु सगरमाथा जोडिएर नामाकारण हुनुपर्नेमा जोड गरिरहेका छन ।यसमानेमा साधारण मानिसहरु भने अनबिज्ञता प्रकट गर्दछन ।
अर्कोतर्फ एमाले काङ्ग्रेस माओवादीको चरीत्र पनि बडो गजबको छ।एकातिर कोशि परदेश नाम राख्न हस्ताक्षर गर्ने र अर्कोतिर आन्दोलन गर्न भित्रभित्रै उक्साहट गराइरहेका छन। यिनिहरुको द्वैश चरित्रले गरिखाने नागरिकलाई सास्ती बाहेक केही पनि नदिने छर्लङ्ग भएको छ ।
काङ्ग्रेस माओवादी लगायतका दलहरू एकातिर र एमाले अर्कोतिर रहदा बराबरी सिट अर्थात कतैपनी बहुमत देखिदैन भने राप्रपाको मत जता पोखिन्छ त्यतै बहुमत बन्ने प्रष्टै छ।यसबारेमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रदेश सरकारको चाबी आफुसग भएको दावी गर्छन।
यी दलहरूले समाधानको बिन्दुमा अगाडी बढ्दा चै के बिग्रीन्छ????
What's Your Reaction?