प्रोगेसिभ एजुकेसनल फोरमको सोह्रौँ वार्षिक समारोह हुदै
साउन २३, काठमाडौं, काव्य घर । आफ्नो सोह्रौँ वार्षिक समारोहको उपलक्ष्यम प्रोगेसिभ एजुकेसनल फोरम चाबहिलले उक्त फोरमभित्र आवद्ध संस्थागत विद्यालयको संयुक्त आयोजनामा यही मिति २०८०/४/२६ गते शुक्रवार एस् ई ई सम्मान ,नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गर्ने भएको छ। उक्त छाता संगठनभित्र आवद्ध विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई उकास्न फोरमले विद्यालयविच वर्षभरि हस्तलेखन,कविता,वक्तृत्वकला,चित्रकला,वादविवाद, नेपाली र अङ्ग्रेजी हिज्जे ,कथावाचन,बास्केटवल,फुटवल जस्ता विविध किसिमका प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा राष्ट्रका धरोहरका रूपमा रहेका विविध क्षेत्रका व्यक्तित्व ,शिक्षाविद ,फोरमभित्रका सबै विद्यालयका संस्थापक, प्राचार्य,निर्देशक वि. व्य सका अध्यक्ष ,निर्देशक,शिक्षक शिक्षिकाको समुपस्थितिमा कार्यक्रम भव्य रूपमा सम्पन्न हुँदैछ । उक्त कार्यक्रममा वरिष्ठ गायक,तथा सङ्गीतकार श्री दीप श्रेष्ठलाई अभिनन्दन गरिँदै छ भने उक्त फोरमभित्रका विद्यालयमा लामो समयदेखि व अध्यापन गर्ने र कार्यरत कर्मचारीहरूलाई दीर्घकालीन सेवा सम्मान,अनि एस्.ई ई सम्मान, गायन र नृत्य प्रतियोगिता सफल र विजयी विद्यालय र विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिने छ । यसरी संस्थागत विद्यालयहरूले विद्यार्थीहरूको चौतर्फी विकासमा गुणस्तरीय र यस्ता महत्वपूर्ण कार्यक्रम गर्दै आउनुलाई राष्ट्रियरूपमा नै गौरवबोध गर्न सकिनेछ ।
What's Your Reaction?