दिनेश बस्नेत -गीत
तिमी र म खेल्ने उमेर
आज हाम्रा छोरा भए ,
भन साथी तिम्रा हाम्रा
हिजोका दिन कता गए ।
खालि खुट्टा हिड्ने गर्थ्यौ
मकै भट्ट बाँडी खान्थ्यौ,
हल गोरूझै मिली मिली
बेसी गाउँको स्कूल जान्थ्यौ ।
चेतिएका कमेज लाउथ्यौ
कट्टु लाउथ्यौ टालि टालि ,
त्यो टालो नि फाट्दा खेरी
केटी साथी लाउथे तालि ।
तिम्रो हाम्रो खानदान भन्नु
अभावको धडकन सास ,
बिस्कुन काचै हुँदाको दिन
पैचो खोजी टर्थ्यो गास ।
आज साथी धनि भयौ
तिमीसित सबै थोक छ,
म त गाउँ कुरी रा ु छु
के गर्नु खै ,उस्तै भोक छ ।
गरीब हुँदा त्यति दुख
लाुको थिएन कत्ति मलाई,
जति दुःख आज लाुछ
तिम्ले बिर्सेउ मन डढाइ ।
धनै मात्र ठूलो होइन
नगरे भए हुन्थ्यो हेला,
बिर्सेउकी कुन्नि साथी
बाँडी खाुको मकै ठेला ।
हाल कास्की पोखरा
What's Your Reaction?