राजकुमार ह्यारीले बिश्व प्रसिद्ध पत्रिका डेली मिरर बिरुद्धको मुद्दा जिते
राजकुमार ह्यारीले बिश्व प्रसिद्ध पत्रिका डेली मिरर बिरुद्धको मुद्दा जिते,पत्रिकालाई १ लाख १७ हजार डलर जरिवाना गरिएको छ।
मंसिर २९, काव्य घर/ बेलायतका राजकुमार ह्यारीले बिश्व प्रसिद्ध पत्रिका डेली मिरर बिरुद्धको मुद्दा जितेका छन्। उनको दूरसंचार थान (घुम्ती यन्त्र) फोन नै अनाधिकृत प्रवेश ह्याक गरेको भन्दै मुद्धा दायर गरेका थिए ।
डिसेम्बर १५ शुक्रबारका दिन बेलायतका एक न्यायाधीशले शुक्रबार डेली मिररका प्रकाशक मिरर समूह अखबारहरू विरुद्ध राजकुमार ह्यारीको मुद्धामा मिरर समूह समाचारपत्रहरूले उनको निजी घुम्ती यन्त्र (फोन) थोरै हदसम्म ह्याक अनाधिकृत प्रवेश अर्थात् ह्याक थोरै गरेको फैसला जारी गरेका छन्
ड्युक अफ ससेक्स) ससेक्सका राजकुमार)लाई मिरर अखबारहरू विरुद्ध उच्च अदालतको संचार थान अनाधिकृत प्रवेश (ह्याकिङ) दावी ल्याएपछि १ लाख ७९ हजार ६ सय ५८ डलर जरिवाना गर्दै राजकुमारलाई प्रदान गरिएको छ।
न्यायाधीशले सन् २००६ देखि २०११ सम्म मिरर समूह अखबारहरूद्वारा “व्यापक” घुम्ती यन्त्र अनाधिकृत प्रवश (फोन ह्याकिङं) भएको बताए ।
राजकुमार ह्यारी ३ वर्षअघि आफ्नो शाही जिम्मेवारी छोडेर अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका ह्यारीले सन् १९९१ र २०११ को बीचमा निजी सूचनाको दुरुपयोग गरेको आरोपमा मिरर समूह पत्रिका बिरुद्ध मुद्दा दायर गर्न स्वर्गीय जर्ज माइकलको सम्पत्ति सहित १०० अन्य कलाकारहरूसँग सामेल भएका थिए ।
पत्रिकाले स्वर डाक (भ्वाइस मेल)हरू समेत अवरोध गर्ने गरि उनको निजी भ्रमणध्वनी (फोन)मा आंशिक अबरोध गरिएको थियो ।
गत मेमा सुरु भएको सुनुवाइको क्रममा ह्यारीको कानुनी टोलीले मिरर समूहका समाचारपत्रहरूलाई “औद्योगिक स्तरमा” गैरकानूनी रूपमा सूचना सङ्कलन गरेको आरोप लगाएका थिए ।
“यो अवैधानिकताको बाढी थियो,” ह्यारीका वकिल डेभिड शेरबोर्नले मुद्दामा आफ्नो सुरुवाती बयानमा भने ।
What's Your Reaction?