शिव पार्वती रथयात्रा भब्य रुपमा सम्पन्न, १०८ फिट अल्लो मुर्ति निर्माण द्रुत गतिमा
फागुन २४,काठमाडौ,काव्य घर । काठमाडौँ– शिवरात्रीको पुर्वसन्ध्यामा मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ ।
ललितपुरको बालकुमारी मन्दिबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुश सहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको शिवमुर्ती भएको स्थानमा पुगेका थिए ।
शिवरात्रीको सो अवसरमा १०८ फिट अल्लो मुर्ति भएको मन्दीर परिशरमा विशेष पुँजा–आजा समेत सम्पन्न गरिएको थियो । साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सासंद दुर्लभ थापा, विशिष्ट अतिथि प्रदेश सासंद सुरेश श्रेष्ठ, पुर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आर्कषक ब्यक्ति अन्र्तराष्ट्रिय गुरु स्वामि श्री १००८ सत्यदेब महाराजको समेत उपस्थीति रहेको थियो ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले एउटा सामान्य परिवारमा जन्मेर शिवतान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सराहनीय काम गरेको बताए । उनले भने ‘ १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई वर्षभित्रै यहाँका सम्पुर्ण कामहरुलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रुपमा यस ठाउँलाई विकास गनुपर्छ ।’
कार्यक्रमको अध्यक्षता गरेका मानव कल्याण आध्यामिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले भक्तजनहरुलाई आशिरवचन समेत बक्स भएको थियो । उनले भने ‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जीवन अत्यन्त छोटो छ । हामी सधै सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जिवन अत्यन्त महत्वपुर्ण छ । यो छोटो जिवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’
अघि बोल्दै उनले भने,उक्त स्थानमा १०८ फिट अल्लो कल्पेश्वर महादेबको मुर्ति निर्माणको काम पूारा गर्ने प्रतिबद्वता सुनाए । सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उनले जानकारी दिए ।
शिव पार्वती रथ यात्राको कार्यक्रममा स्वामी १००८ सत्यदेब महाराजले समेत भक्तजनहरुलाई आशिरचन दिएर भक्तजनहरुलाई उत्साहित गरे । उनले नेपाल आमाको काँखमा धेरै शन्तहरु जन्मे तर बुद्धिकुमार गुरुको काम असाधारण रहेको सुनाए ।
समारोहमा शान्तिको कामना गर्दै ६ वटा सेतो परेवा समेत सो अवसरमा उडाइएको थियो ।
What's Your Reaction?