किरण आचार्यको उपन्यास परशुरामको लोकार्पण 

Mar 7, 2024 - 21:58
 0  9
किरण आचार्यको उपन्यास परशुरामको लोकार्पण 

२०८० फागुन २४, काठमाडौं,काव्य घर । साहित्यिक पत्रकार संघले साहित्यकार किरण आचार्यको पौराणिक उपन्यास ‘परशुराम!को लोकार्पण कार्यक्रमको आयोजना गर्‍यो । सामाजिक विकास समाज, अनामनगर, काठमाडौंमा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ उपन्यासकार भरत जंगम, कार्यक्रमका सभापति एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट अतिथि वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, समालोचकहरू प्रमोद प्रधान र प्रा।डा। गोविन्दमानसिंह कार्की, सम्पादक राजकुमार बानियालगायतले उपन्यासको लोकार्पण गर्नुभएको थियो ।


कार्यक्रममा प्रमुख अतिथि भरत जंगमले उपन्यासले पौराणिक पात्र परशुरामका बारेमा धेरै कुराको जानकारी दिने बताउँदै उपन्यास पठनीय भएको धारणा राख्नु भयो । उहाँले उपन्यासकारलाई कलम नरोक्न आग्रह गर्दै पौराणिक विषयमा उपन्यास लेख्न गाह्रो भए पनि किरण आचार्यले अत्यन्त मिठो तरिकाले उपन्यास लेखेको बताउनुभयो ।

कृतिकार किरण आचार्यले परशुराम उपन्यास लेखनका पृष्ठभूमिबारे व्याख्या गर्दै हाम्रा धार्मिक ग्रन्थ र व्यक्तित्वबारे गलत र भ्रमपूर्ण कुराहरू फैलाइएकोले सही कुरा खोजेर लेख्नुपर्ने खाँचो औंल्याउनुभयो ।  समालोचक प्रमोद प्रधानले पौराणिक पात्र र विषयमा लेखिएको भए पनि उपन्यासले आजको समयलाई पनि सम्बोधन गरेको चर्चा गर्नुभयो ।अर्का समालोचक प्रा। डा। गोविन्दमान सिहं कार्कीले उपन्यास रोचक र पठनीय रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा उपन्यासका सम्पादक राजकुमार बानियाँ र साहित्यकार कल्पना खरेलले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो । 
साहित्यकार यादव भट्टराईले संचालन गर्नुभएको सो कार्यक्रममा सङ्गीतकार नरहरि प्रेमीले गीत प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा गीतकार एवं समाजसेवी शोभित उप्रेती, प्रा.डा.जनार्दन आचार्य, सचिव नीता श्रेष्ठ, पत्रकारहरू जीवराम भण्डारी र ज्ञानेन्द्र कार्की, साहित्यकारहरू विक्रमभक्त जोशी, मन्जिला अनिल, पारस नेपाल, श्रीबाबु कार्की, रुद्र खड्का, कमला रिसाल, प्रा। डा। डिल्लीराज शर्मा पौडेल,  लता के। सी।, शिव प्रधान (हङकङ), ममता मृदुल, राज रजक, टेकराज शास्त्री, अविकेशर ओली, सरस्वती गौतम, द्वारिका ढुंगाना, पवन बुढाथोकी, अरुण नदी खत्री, उषा के.सी ईश्वर श्रेष्ठ, ललिता दोषी, नायक एवं साहित्यकार हरिश कल्पित, शदानन्द कडेँल, रश्मि रिमाल लगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि