असार २ गते देखिको बाढि पहिरो अझै कम भएको छैन।

Jul 4, 2023 - 10:08
 0  6
असार २ गते देखिको बाढि पहिरो अझै कम भएको छैन।

असार १९ पाँचथर,काव्यघर/अविरल वर्षासगै आएको वाढीका कारण तमोर करिडोर र मेची राजमार्ग अवरुद्व  भएको छ।

धनकुटा र पाँचथर जोड्ने नावा खोलासगै धनकुटाको चौविसे गाउँपालिकामा पर्ने छरुवा र सागुरीगडी गाउँपालिकामा पर्ने रगुवा खोलामा पानीको बहाव वढेकाले तमोर करिडोर अवरुद्व भएको हो ।

 निर्माणाधिन तमोर करिडोरका तीनवटै खोलामा पुल निर्माण भएका छैनन । नावा खोलामा पानीको सतह तेब्वर भएका कारण मंगलवार विहानै देखि सवारी र यातायातका साधन अवरुद्व भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरिक्षक दिवस कुवरले वताए ।

मेची राजमार्गको फिदिम ताप्लेजुङ सडक खण्डको हेवा खोलामा पनि पुनः अवरुद्व भएको छ । हेवा खोलामा अघिल्लो दिन डाइभर्सन गरेर सवारी र ढुवानीका साधन आवागमनका लागि बाटो खुलाइएको थियो ।

 सोमवार सा“झदेखि आज विहानसम्म आरिघोप्टे वर्षा भएका कारण पुनः पानीको सतह बढेपछि यातायात राजमार्ग अवरुद्व भएको हो ।

 असार २ गते राती आएको बाढीका कारण हेवा खोला पुल बगेपछि मेची राजमार्गको फिदिम ताप्लेजुङ खण्ड प्रायःअवरुद्व छ । यसअघि पटक–पटक डाइभर्सन गरेर बाटो खुलाइएपनि खोलो बढेर अवरुद्व हुदै आएको छ ।

पाँचथरका उत्तरी क्षेत्रका विभिन्न भुभाग,ताप्लेजुङ र संखुवासभाका जनताहरु बाढि पहिरोको बढि चपेटामा छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि