ज्येष्ठ नागरिक दिवसका अवसरमा सरकारद्धारा चट्याङ मास्टरलाई वर्ष पुरस्कार 

Dec 27, 2023 - 14:19
 0  19
ज्येष्ठ नागरिक दिवसका अवसरमा सरकारद्धारा चट्याङ मास्टरलाई वर्ष पुरस्कार 


पौष ११, काठमाडौं, काव्य घर । नेपाल सरकारले  कृष्णमुरारी गौतमलाई  वि.सं.२०८० को ज्येष्ठ नागरिक वर्ष पुरुषको रुपमा पुरस्कृत गर्ने भएको छ । उनी नेपाली साहित्यमा चट्याङ मास्टरका नामले  परिचित छन् । एक लाख नगद राशी रहेको  पुरस्कार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको ज्येष्ठ नागरिक संरक्षण शाखाले मन्त्रीस्तरीय निर्णय अनुसार गर्न लागेको हो ।

आज पुस ११ गते ज्येष्ठ नागरिक दिवसका अवसरमा सो पुरस्कार समर्पण गरिने मन्त्रालयका महिला विकास अधिकृत सन्ध्याकुमारी यादव हस्ताक्षरित पत्रमा जनाइएको छ ।

सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष गौतम नेपालका प्रशिद्ध लेखक, कवि, हास्यव्यङ्ग्यकार र सामाजिक अभियन्ता हुन् । उनले बुढेसकाल अवस्थामा रहेका बूढाबूढीहरूको जीवनस्तर सुधारका लागि समर्पित एजिङ नेपाल नामको गैरसरकारी संस्थाको स्थापना गरेका छन् । सो संस्था सन् २०२० मा युनेस्को किंग सेजोंग साक्षरता पुरस्कारबाट पुरस्कृत भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि