कैदी- बन्दीहरु द्वारा आन्दोलन

झापा कारागारका चौकिदार मनोज लावतीलाई सुनसरीको झुम्का सरुवा गरिएको बिषयलाई लिएर झापा कारागारमा अवस्था दिनभरी तनावग्रस्त बन्यो ।बास्तविकता केहो यथार्थ बाहिर आउन निकै समय लागेको यश घटनामा कारागार संचालनमा बिचौलियाहरुले कारागारलाई रणभुमी बनाउन लागेको आरोप कैदी बन्दिको छ ।

Aug 4, 2023 - 14:09
Aug 4, 2023 - 23:45
 0  50
कैदी- बन्दीहरु द्वारा आन्दोलन

साउन १९, झापा, काव्य घर / झापा जिल्ला कारागारमा आज दिउँसो अवस्था तनावग्रस्त रहयो ।बाहिरबाट देख्ने सुन्नेहरुलाई लाग्यो आज कारागार भित्र एकआपसमा कैदी बन्दीहरु मारामार गरिरहेछन भनियो तर बास्तविकता अर्कै थियो ।

 करिव १५०० कैदि रहेको झापा कारागारमा एक्कासी कैदीबन्दीहरु द्वारा ढुङ्गा मुढा सहित टायर बालेर आन्दोलन गर्न लाग्दा कारागार परिसर जाने कसैले बाहिरबाट आट गर्न सकेनन । कारागार भित्र के कारणले यस्तो भएको जानकारी हुन निक्कै समय कुर्नु परेतानी  भित्र हताहतको संख्या के कति भन्ने आंकलन गरिदै गर्दा परिस्थिति सामान्यकरण हुँदै गर्दा बास्तबिकता कैदिबन्दिहरु आफैले क्यामेरा अगाडि उभिएर बोलेपछि यथार्थ बाहिरिएको हो । कारागार वाहिर प्रहरी प्रशासनले दिनभर घेरा हाले पनि भित्र जानसक्ने अवस्था रहेन । भित्र टायर बालेर गरिएको आन्दोलनमा आगलागी नहोस भनेर  आगो निभ्याउने तीन वटा दमकल तयारी अवस्थामा राखिएको थियो ।

टायर सल्काउदै कैदीबन्दीहरुले नाराबाजी गर्दै ढुङ्गामुडा गरेका थिए । कारागारमा कैदी बन्दीको सरुवा बढुवा बिचौलियाको भरमा गरिने गरिएको र कैदीबन्दीको अवस्था परिस्थिति आकंलन नगरी गरिएको बिषयमा कैदी बन्दीहरुले आन्दोलन गरेका हुन । झापा कारागारका चौकीदार मनोज लावती लगायत चारजनालाई कारागार बिभागद्वारा सुनसरीको झुम्का सरुवा गरिन लागेपछि कैदिबन्दीहरुले आन्दोलन गरेका हुन । कैदी बन्दिहरुले कारागार संचालनमा षड्यन्त्र भएको र आर्थिक चलखेल समेत हुनेगरेको भन्दै आन्दोलन गरेका थिए ।

बिचौलियाहरु द्वारा कैदीबन्दीहरुलाई सरुवासंगै आर्थिक शोषण समेत गरिएकोभन्दै कैदिहरुले गम्भीर आरोप लगाएका छन । पछिल्लो अपडेटमा  बन्दी कैदीका माग पुरा गरिने आश्वासन पछि  अवस्था नियन्त्रणमा आएको कारागार प्रशासनले काव्य घरलाई बताएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि