कलाकार चराविद  /साहित्यकार पौडेलको श्रद्धाञ्जली सभा 

Feb 14, 2024 - 20:34
 0  20
कलाकार चराविद  /साहित्यकार पौडेलको श्रद्धाञ्जली सभा 


फागुन २, काठमाडौं, काव्य घर कलाकार चराविद तथा साहित्यकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । फागुन २ गते बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको संयुक्त आयोजनामा भएको थियो ।

 

 कार्यक्रमका प्रमुख अतिथि  कलाकार के के कर्माचार्य सभापति साहित्यकार प्रा.डा रामप्रसाद ज्ञवाली,विशिष्ट अतिथि प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली,उपकुलपति लालकाजी लामा,अग्रज कलाकारहरु हरिप्रसाद शर्मा,मुकेश मल्ल,साहित्यकारहरु गङ्गा पौडेल,डा. रमेश शुभेच्छु लगायतले हेम पौडेलको कलाकारिता र साहित्य बारेमा प्रकाश पार्दै  श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । सो अवसरमा कविहरु प्रा.डा देवी नेपाल,ओमप्रसाद कोइराला र रुपक राईले श्रद्धाञ्जली कविता वाचन गर्नुभएको थियो । निबन्ध आचार्यले सञ्चालन गर्नुभएको सो श्रद्धाञ्जली सभामा ख्याति प्राप्त कलाकार,साहित्यकारहरुको उपस्थिति रहेको थियो ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि