कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित 

Feb 5, 2024 - 20:47
 0  20
कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्की सम्मानित 

माघ २२,काठमाडौं, काव्य घर । साहित्यिक पत्रकार संघले कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गर्‍यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गर्नु भयो । साथै प्रमुख अतिथि काँइलाले अमेरिकाबाट आउनु भएका कवि शेखर ढुङ्गेललाई खदा लगाएर स्वागत सम्मान गर्नु भएको थियो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो कार्यक्रममा सम्मानित कविहरुको परिचय कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा। डा। लक्ष्मणप्रसाद गौतमले गर्नु भएको थियो । 

कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, सम्मानित कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रममा संघका सदस्य चर्चित निबन्धकार युवराज नयाँघरेले अतिथिहरुलाई खदा लगाएर सम्मान गर्नु भएको थियो । साथै संघका कार्यसमिति सदस्य डा। दामोदर पुडासैनीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रमको सञ्चालन कवि एवं चर्चित पत्रकार ठाकुर बेलबासेले गर्नु भएको थियो । 

कार्यक्रममा संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, साहित्यकारहरु प्रमोद प्रधान, श्रीओम श्रेष्ठ, प्रा। डा। गोविन्दमान सिंह कार्की, पवन आलोक, प्रद्युम्न जोशी, विक्रमभक्त जोशी, मनोज नेउपाने, मुरारि सिग्देल, ममता मृदुल, कल्पना खरेल, रन्जना निरौला, रमेश दाहाल, दिलीप अधिकारी, सरस्वती गौतम, मीन ब्रजाचार्य, भरत सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि