कालीमाया–रिणा हत्याकाण्डः वास्तविक दोषीलाई उन्मुक्तिदिएर आकांक्षा र समीक्षालाई फसाइएको आरोप 

Feb 19, 2024 - 10:30
Feb 19, 2024 - 20:54
 0  12
कालीमाया–रिणा हत्याकाण्डः वास्तविक दोषीलाई उन्मुक्तिदिएर आकांक्षा र समीक्षालाई फसाइएको आरोप 



फागुन ७काठमाडौं,काव्य घर /रुकुम (पूर्व) जिल्लामा पर्ने पुथा उत्तर"गङ्गा गाउँपालिका–३ मा २०७९ चैत २२ गते ८ वर्षीय कालिमाया बुढामगर र १० वर्षीय रिणा बुढामगरको विभत्स हत्या भयो । कालिमाया र रिणाको हत्या अभियोगमा १३ वर्षीय सुस्मिता बुढामगर र ११ वर्षीय आकांक्षा बुढामगरलाई नियन्त्रणमा लिइयो ।

 तत्कालीनअवस्थामाउनीहरुले घट्ना स्वीकार गरे । उनीहरुले घटना स्वीकार गरेकै आधारमा दोषी करार गरियो । सुस्मिता र आकांक्षालाई ६महिनाको लागि सुधार गृहमा पठाइयो । तत्कालीन अवस्थामा सुस्मिता र आकांक्षा बाहेक उक्त घटनामा संलग्न कोही हुनसक्छ भन्नेबारे कसैले पनि ख्यालै गरेनन् । 


सुस्मिता र आकांक्षालाई कसैले पनि सहयोग गरेनन् । सुस्मिता र आकांक्षा आफूहरुले दवाबमा उक्त घटना स्वीकार गरेको बताउँछन् । तर, कालिमाया र रिणाको हत्यारा कर्म टेक बुढामगर, विक्रम बुढामगर र दयालु बुढामगर भएको उनीहरुको दाबी छ । सुस्मिता र आकांक्षालाई सुधार गृह पठाइसकेपछि केही समयमा उनीहरुले आफूहरुले उक्त घटना नघटाएको, कर्मटेक, विक्रम र दयालुको डर र दवाबमा आफूहरुले उक्त घटना स्वीकार गरेको र प्रहरीले पनि जबरजस्ती साबिती बयान गराएको भन्दै उनीहरुले घरमा पत्र पठाए । 
अहिले उनीहरु सुधारगृहबाट मुक्तभइसकेका छन् । तर, आफूहरुले नगरेको हत्याअभियोग लागेकोमा उनीहरु दुःखी छन् ।(शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै सुस्मिताले आफू र आकांक्षा उक्त घटनाको अभियुक्त नभएको बताइन । गाउँघरमा मेलाबाट फर्कने क्रममा कालिमाया र रिणालाई हत्या गरेर बोकेर आउँदै गरेको अवस्थामा भेटेको सुस्मिताले बताइन । 


‘मलबोकेर फर्कने क्रममा कर्मटेक, विक्रम, दयालुले काली र रिणालाई मारेर ल्याउँदै थिए । हामीदुई जनासँग भेट भयो । तिनीहरुले काली र रिणालाई फालेर हामीलाई समात्न थाले । यिनीहरुलाई मारेको कसैले पनि देखेको छैनन् । अब तिमी दुई जनालाई मार्नुपर्छ भन्यो । हामीलाई नमार्नु तपाईँहरुले काली र रिणालाई मारेको कसैलाई पनि भन्दैनौं भन्यौं । पुलिसहरु र गाउँलेहरुले थाहा पाएपछि काली र रिणा हामीले मारेका हौं  भनेर भन्छौ ।नत्र  तिमी दुई जनाको घर परिवारलाई पनि मार्छोैं र तिमीलाई पनि मार्छौं भन्यो । हामीलाई लाश छाम्न पठाए । मेरो साथीलाई र मलाई पनि सलले घाँटीमा बेर्‍यो । हामीले नै मारेको भन्छौं भन्यौं,’– सुस्मिताले भनिन् । 
लाशलाई विक्रम र कर्मटेकले  सुस्मिता र आकांक्षाको डोकामा बोकेर फाल्न गएको र दयालुले आफूहरुलाई समाएर त्यही राखेको सुस्मिताको भनाइ छ ।  पुलिसलाई हामीले मारेको होईन अरुले मारेको हो भन्दा पिट्छन् भनी डराएर हत्या स्वीकार गरेको उनले बताईन् । 
आकांक्षाले काली रिणालाई कर्म टेक, विक्रम र दयालुले मारेको बताईन् । आफूहरु मल बोकेर फर्किदै गर्दा बाटोमा उनीहरुसँग जम्काभेट भएको र आफूहरुलाई पनि मार्ने भएपछि हत्या अभियोग स्वीकार गरेको उनको भनाइ छ । 


‘हामी चैत्र २२ गते मल बोक्न गयौं । हामी मल बोक्दै थियौं । ममीहरु घर फर्किनु भयो । सुस्मिता र म घर फर्किने क्रममा दयालु, कर्मटेक, विक्रमहरुले काली, रिणालाई मारेर ल्याउँदै थिए । एक्कासी बाटोमा भेटभयो । तिनीहरुले कालि, रिणालाई भूँइमा फालेर हामीदुई जनालाई समाते । हामीलाई मार्ने भन्नु भयो । हामीलाई नमार जे भने पनि गर्छौ भन्यौं,’– आकांक्षाले भनिन् । 


त्यस्तै, काली र रिणाका बाबु तारामान बुढाले आफूले न्याय नपाएको बताए ।  निर्दोषलाई फसाएर वास्तविक दोषीहरुलाई उन्मुत्ति दिइएको उनको भनाइ छ । उनले आफूले सुस्मिता र आकांक्षाले उक्त कुरा बाहिर ल्याएपछि प्रहरीमा पुनजाहेरी दिन गए पनि जाहेरी समेत अस्वीकार भएको बताए । साथै, आफू उच्च अदालत तुलसीपुरमा पुनरावेदन जाँदा समेत पुनरावेदन दर्ता नभएको उनको भनाइ छ । सुस्मिता र आकांक्षाले नाम लिएका व्यक्तिहरुलाई नियन्त्रणमा लिएर उक्त घटनाको सुरुदेखि कै छानविन हुनुपर्ने उनको माग छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि