युट्युबर माथि नियमन जरुरी छ : वरिष्ठ उपाध्यक्ष सुवेदी

May 16, 2023 - 19:05
May 22, 2023 - 08:38
 0  4

३० वैशाख,बुटवल /राजकुमार खड्का 

पत्रकारहरूको वैचारिक संगठनले अब पेशाको शुद्धीकरणका निम्ति आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्ने समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले बताएका छन् ।
जनताले मूलधारको पत्रकारिताभन्दा सूचनाका वैकल्पिक साधनलाई बढी विश्वास गर्ने कुराले व्यवसायिक पत्रकारितामाथि चुनौती थपिएसँगै त्यस्ता साधनले पत्रकारिता पेशाकै हुर्मत लिएका कारण उक्त दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ थियो ।
शनिबार बुटवलमा आयोजित समाजवादी प्रेस संगठनको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष सुवेदीले उक्त कुरा बताएका हुन् । उनले युट्युबरबाट भएका सूचना सम्प्रेषणका विसंगति नियन्त्रणयोग्य भएको र राज्यले पनि त्यस्ता सञ्चार साधनमाथि नियमनकारी नीति अबलम्वन गर्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘ हामी कन्टेन्टको आइडेन्टिटी, प्रोड्युस र प्रमोशनमा चुक्यौ कि भनेर आत्मसमीक्षा गर्ने बेला भएको छ ।’
कार्यक्रममा संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल र लुम्बिनी विकास कोषका सदस्य सचिव सिद्दीचरण भट्टराईले पेशाको मर्यादासँगै संगठनको सुदृढीकरणमा जोड दिनुपर्ने धारणा राखेका थिए ।
उक्त अधिवेशनले विनोद परियारको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उक्त कमिटीका उपाध्यक्ष उषाकिरण पन्थ, पुनहरि बेलबासे, सचिव प्रतीक पौडेल, सहसचिव अस्मिता अधिकारी, कोषाध्यक्ष शिशिर पाण्डे रहेका छन् । सदस्यमा माधवेन्द्र यादव, बसन्त चन्द, गणेश नेपाली, जगन्नाथ सहनी, धनु गुरुङ, प्रशंसा भण्डारी निर्वाचित भए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि