तेह्रथुमको साहित्यिक इतिहास' सार्वजनिक भएको छ ।

केशु विरहीको अनुसन्धानात्मक पुस्तक 'तेह्रथुमको साहित्यिक इतिहास' सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

Feb 19, 2024 - 01:32
 0  19
तेह्रथुमको साहित्यिक इतिहास' सार्वजनिक भएको छ ।

फागुन ६ काठमाडौ ,काव्य घर /साहित्यकार एवम् इतिहासकार केशु विरहीको अनुसन्धानात्मक पुस्तक 'तेह्रथुमको साहित्यिक इतिहास' सार्वजनिक भएको छ । तेह्रथुम जिल्लाको साहित्यिक तथा पत्रकारिताको इतिहास खोज गरी तयार भएको सो पुस्तक आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच तेह्रथुमबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवम् शहरी विकासमन्त्री सीता गुरुङले लोकार्पण गरिन् ।

मन्त्री गुरुङले साहित्यकार विरहीले जिल्लाको साहित्यिक क्षेत्रको इतिहासलाई एकाकार गरेकोप्रति आभार प्रकट गरिन् । उनले जिल्लाले नेपालको साहित्यिक क्षेत्रसहित विभिन्न विधामा उल्लेख्य योगदान पुर्‍याए पनि त्यसको दस्तावेजीकरणको काम यस अघि नभएकोमा विरहीको प्रयासको प्रशंसा गरिन् ।

त्रिभुवन विश्व  विद्यालयका प्राध्यापक खगेन्द्रप्रसाद लुइटेलले तेह्रथुमको साहित्यिक इतिहासलाई पुस्तकाकार गरेको भन्दै विरहीलाई जोखिमपूर्ण कार्यका गरेकोमा बधाई ज्ञापन गरे । 'मरेका मान्छेको बारेमा जसले पनि लेख्न सक्छ । जे लेखेपनि हुन्छ,' उनले भने, 'विरहीजीले जीवित मान्छेहरुका बारेमा लेखेर ऐतिहासिक पुस्तक तयार गर्नुभएको छ ।

वास्तवमा यो निकै जोखिमपूर्ण काम हो । किनभने जीवित मान्छेका बारे जे लेखेपनि, जति लेखेपनि चित्त बुझाउन सकिदैन ।' मदन पुरस्कार विजेता लेखक भगिराज इङ्नामले विरहीले मसिना सूचना र गतिविधिहरुलाई समेत समावेश गरेर पुस्तक तयार गरेको बताए ।तेह्रथुममै जन्मिएर हाल मोरङलाई कार्यथलो बनाएका विरही पत्रकार तथा लेखक,साहित्यकार समेत हुन् ।

यसअघि उनका 'कहालि लाग्दा गोरेटाहरू' (उपन्यास) सहलेखन –२०५६, 'आमाको माया' (उपन्यास) –२०५७, 'दन्किएको आगो' (गजल सङ्ग्रह) –२०६३, 'सुस्केरा' (संयुक्त साहित्यिकसङ्ग्रह) –२०६३, 'भास्कर वंशावली' (वंशावली) –२०६५, 'सुलोचना' (कथासङ्ग्रह) –२०७१, 'रेस्माको स्यान्डल' (बालकथासङ्ग्रह) –२०७७ ,बेलबारीको साहित्यिक इतिहास २०८० आदि प्रकाशित छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि