सुस्मिता क्षेत्रीहत्या प्रकरणः उच्चअदालतको फैसला प्रभावित पार्न खोजेको पीडित परिवारको आरोप

Feb 6, 2024 - 19:58
 0  14
सुस्मिता क्षेत्रीहत्या प्रकरणः उच्चअदालतको फैसला प्रभावित पार्न खोजेको पीडित परिवारको आरोप


माघ २३, काठमाडौं, काव्य घर  । हेटौंडा उपमहानगरपालिका ४ कर्रा सूर्य चोकस्थित आफ्नै घरमा सुस्मिता क्षेत्रीको २०७७ साल असार १ गते रातिहत्या भएको थियो । उनको हत्यामा संलग्न रहेको भन्दै ससुरा प्रकाश थापा, नन्द सीता थापा, सासु तुलसा थापा, जेठी नन्द दुर्गा थापा कार्की र अरुण कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 
२०७६ वैशाख १८ गते सुस्मिताले प्रकाशका छोरा रूपेन्द्र थापासँगबिवाह गरेकी थिईन् । बिबाह भएको ६ महिना पछि अर्थात असोज २३ गते कपिलवस्तुस्थित ससुरालीबाट फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा रुपेन्द्रको निधन भएको थियो । रुपेन्द्रको निधनपछि सुस्मिता आफ्नै ससुरा प्रकाश थापाबाट यौन हिंसामा परेकी समेत अदालतको ठहर छ । आफ्नै ससुरा प्रकाश थापाले सुस्मितालाई बाथरूममा जबर्जस्ती करणी गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको थियो । आफ्ना ससुरा र घरपरिवारले दिएको शारीरिक मानसिक र यौन जन्य दुर्व्यवहारका बारेमा सुस्मिताले बनाएर राखेको नोट प्रहरीले फेला पारेको थियो । 
सुस्मिताको मृत्यु आर्थिक कारणले भएको पीडित परिवारको ठहर छ । सुस्मिताकाबाबुआमाले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पक्रकार सम्मेलन गर्दै उनीहरुले सुस्मिताका श्रीमान मृतक रूपेन्द्रले एक ईन्स्योरेन्स कम्पनीमा १० लाखको विमा गरेको र उनले काम गरेको कम्पनीक्लोजर सिस्टम इन्टरनेसनल नेपाल प्रालि हेटौंडाबाट उनको मृत्युपछि पाउने बीमा, बोनस, तलबभत्ताको बाँकी रकमवापत ३८ लाख २८ हजार ४७२ रुपैयाँ भुक्तानी विषयमा पारिवारिक विवाद हुँदा उनको हत्या भएको उनीहरुको निश्कर्ष छ । श्रीमानको मृत्युपछि सुस्मिताको अधिकार भएको रकम समेत त्यो बेला नदिएर ईन्स्योरेन्स कम्पनी र क्लोजर सिस्टम इन्टरनेसनलले पीडित बनाएको उनीहरुको दाबी छ । 
जिल्ला अदालत मकवानपुरले हत्यामा संलग्नता पुष्टि भएको ठहर गर्दै ससुरा प्रकाशथापा, नन्द सीता थापा, जेठी नन्द दुर्गा थापा कार्की र अरुण कार्कीलाई जन्मकैदको सजाय सुनाएको थियो । सुस्मिताकी सासु तुलसा थापालाई भने १० वर्ष कैद सजाय सुनाएको थियो । 
उच्च अदालत हेटौडा इजलासको फैसलाले अहिले मुख्य योजनाकार भनिएका दुर्गा र अरुणलाई सफाइ दिएको सुस्मिताका ठूलो बुबा हेमबहादुर खड्काले बताए । फैसला प्रभावित पार्नका लागि पीडक परिवारका केही मानिसहरु निरन्तर लागि रहेको उनको दाबी छ । आफूहरु माथि जिल्ला अदालत मकवानपुरको प्राङ्गणमै आक्रमण भएको समेत उनले बताए । 
‘सुस्मिताको श्रीमानको मृत्यु भएपछि श्रीमतिले पाउनु पर्ने अधिकार अहिले सम्म बञ्चित नै छ । नौं महिना उनले पाइनन् । ज्वाईँले काम गरेको क्लोजर सिस्टम इन्टरनेसनलभएको पैसा विभिन्न दवाब भएर अहिले सम्म आएको छैन । सुस्मिताले साइन गरेकी छन् । सुस्मितालाई उनको परिवारले थितेर हत्या गरे । उनी जिउँदै छदा पनि यो अधिकारबाट बञ्चित गराइयो,’– सुस्मिताका बुबाले भने । 
मृतक सुस्मिताकी आमा गंगा के.सीले आफूले अब सुस्मितालाई पाउन नसके पनि अब कसैका छोरीहरु नमारिउन् भनेर न्यायिका लडाइ लडिरहेको बताईन् । यसरी मारिएका छोरीहरुको हत्यारालाई कडाभन्दा कडा कानुनी कारबाहीको माग गर्दै उनले आफूले न्याय पाउने विश्वास व्यक्त गरिन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि