किरण खरेल सम्मानित, प्रतिसरा सायमि र बिष्णु राई पुरस्कृत

वासु शशी स्मृति परिषद्ले आज नेपाल पर्यटन बोडको सभाकक्षमा आयोजना गरेको बासु शशीको ८८औं जन्मजयन्ती एवं सम्मान समर्पण कार्यक्रममा सुप्रसिद्ध गीतकार किरण खरेल, साहित्यकारहरु प्रतिसरा सायमि र प्रा.डा. बिष्णु राई सम्मानित र पुरस्कृत भएका छन् ।

Mar 27, 2024 - 20:27
 0  5
किरण खरेल सम्मानित, प्रतिसरा सायमि र बिष्णु राई  पुरस्कृत

 २०८० चैत १४ काठमाडौं ,काव्य घर / वासु शशी स्मृति परिषद्ले आज नेपाल पर्यटन बोडको सभाकक्षमा आयोजना गरेको बासु शशीको ८८औं जन्मजयन्ती एवं सम्मान समर्पण कार्यक्रममा सुप्रसिद्ध गीतकार किरण खरेल, साहित्यकारहरु प्रतिसरा सायमि र प्रा.डा. बिष्णु राई सम्मानित र पुरस्कृत भएका छन् ।

परिषद्का अध्यक्ष गणेश रसिकको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि दिव्य शताब्दी पुरुष वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दासले पुरस्कार समर्पण गरेका थिए ।

कार्यक्रममा "वासु शशी साहित्य सम्मान २०८०" बाट किरण खरेल सम्मानित भए । यसैगरी "वासु शशी साहित्य पुरस्कार २०८०" बाट प्रतिसरा सायमि र "कृष्ण सरस्वती साहित्य पुरस्कार २०८०" बाट प्रा. डा. बिष्णु राई पुरस्कृत भए । कार्यक्रममा परिषद्का सचिव प्रद्युम्न जोशीजीले स्वागत गर्नु भएको उक्त कार्यक्रममा सम्मानित र पुरस्कृत सर्जकहरुको परिचय कवि एवं चलचित्र निर्देशक प्रकाश सायमिले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि दिव्य शताब्दी पुरुष वरिष्ठ चिकित्सक गौरीशङ्कर लाल दास, अध्यक्ष गणेश रसिक, पुरस्कृत साहित्यकारहरु प्रतिसरा सायमि र डा. बिष्णु राईले आआफ्नो मन्तव्य राखेका थिए ।

कार्यक्रममा परिषद्का संरक्षक जुलुम बैद्य, कृष्ण - सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशी, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बिओटीका अध्यक्ष साहित्यकार पदम विश्वकर्माले अतिथि आसनग्रहण गरेका थिए । कार्यक्रममा वरिष्ठ आख्यानकार परशु प्रधानको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो भने वासु शशी, कृष्ण जोशी र परशु प्रधानको योगदानको चर्चा पनि गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि