प्रहरीका वरिष्ठ सईहरू चन्दा उठाएर संगठनविरुद्ध मुद्दा लड्दैछन्

नेपाल प्रहरीका वरिष्ठ सईहरुले अहिले सामाजिक सञ्जाल ह्वाट्स एप ‘ग्रुप’ बनाएका छन्, ग्रेड पीडित समूह । यो ग्रुपमा देशभरका हजार बढी वरिष्ठ सई आवद्ध भएका छन् ।

Mar 28, 2024 - 21:18
Mar 28, 2024 - 21:25
 0  3
प्रहरीका वरिष्ठ सईहरू चन्दा  उठाएर संगठनविरुद्ध मुद्दा लड्दैछन्
फायल तस्वीर

 चैत १५ काठमाडौं, काव्य घर / नेपाल प्रहरीका वरिष्ठ सईहरुले अहिले सामाजिक सञ्जाल ह्वाट्स एप ‘ग्रुप’ बनाएका छन्, ग्रेड पीडित समूह । यो ग्रुपमा देशभरका हजार बढी वरिष्ठ सई आवद्ध भएका छन् ।

विनयकुमार चन्दसहित १४ जना वरिष्ठ सईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाउँदै १६ पुसमा सर्वोच्चमा रिट दायर पनि गरिसकेका छन । उनीहरुले प्रतिब्यक्ती धमाधम १५०० रुपैयाँ अनलाइन बैंकिङमार्फत तोकिएको खातामा डिपोजिट पनि गरिरहेका छन् । रकम प्रहरीकै एक वरिष्ठ सईको खातामा जम्मा हुन्छ । त्यसको जानकारी यो समूहमा दिइन्छ ।

यसरी १५०० रुपैयाँ धमाधम संकलन गरेका प्रहरीका वरिष्ठ सईहरु अहिले आफ्नै संगठनविरुद्ध कानूनी लडाइ लडिरहेका छन् । संगठन मात्र होइन, सरकारले समेत बेवास्ता गरेको भन्दै उनीहरु न्यायको ढोका ढकढक्याउन सर्वोच्च अदालत पुगेका छन् । वरिष्ठ सईको दर्जामा बढुवा भएपछि सई पदमा रहँदा खाईपाई आएभन्दा कम तलब पाएको उनीहरुको दाबी छ । १७ पुसमा सर्वोच्चका न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश र मुद्दालाई अग्राधिकार दियो । त्यसपछि ८ फागुनलाई पेसी तोकिए पनि बहस भएन । अर्को पेशी १८ चैतलाई तोकिएको छ । पेसी नजिक आउँदा मुद्दाको बहसका लागि भनेर बहालवाला वरिष्ठ सईहरु रकमको जोहो गर्न थालेका छन् ।

हामीले मुद्दा त दायर गर्‍यौं, तर बहसका लागि पैसा नभएपछि अहिले १५०० रुपैयाँका दरले रकम उठाउन थालेका छौं’ एक वरिष्ठ सईले काव्यघरसँग भने, ‘ह्वाट्स एपमा ‘ग्रेड पीडित समूह’ बनाएर रकम उठाउने अभियान चलाएर आफ्नो हकहितका लागि लड्दै छौ।’ यो मुद्दाको ‘लिडिङ लयर’को रुपमा नेपाल प्रहरीकै पूर्वएसपी तथा अधिवक्ता डा. गणेश रेग्मी छन् । पहिलो पेसी १७ पुसमा रेग्मीले बहालवाला वरिष्ठ सईहरुका तर्फबाट बहस गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि