कोशी प्रदेशमा सत्ता पक्षबाट सरकार गठनका लागि दावी पेश

Jul 6, 2023 - 15:09
Jul 6, 2023 - 15:12
 0  12
कोशी प्रदेशमा सत्ता पक्षबाट सरकार गठनका लागि दावी पेश

असार २१ मोरङ,काव्य घर नेपाल /आज साझ ५ बजेसम्मको बहुमतको सरकारका लागि प्रदेश प्रमुखले दिएको समय सिमाभित्रै सत्तपक्षका दलहरूले सभामुख बाबुराम गौतमसमेतलाई गणना गरेर नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गरेका छन्।

 कोसीको ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १२, राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)का ४ र जनता समाजवादी पार्टी (जसपा)का १ सांसद छन्। सरकार गठनका लागि बहुमत पुर्‍याउन ४७ सांसद आवश्यक पर्छ।

सभामुखलाई गणना नगर्दा कांग्रेस, माओवादी, समाजवादी र जसपा सम्मिलित गठबन्धनसँग ४६ सांसद मात्रै हुन्छन्। एमाले–राप्रपाका पनि ४६ सांसद मात्रै छन्। तर, सरकार गठनमा गठबन्धनले संविधानविपरीत सभामुखको प्रयोगको तयारी गरेपछि चौतर्फी विरोध भइरहेको छ।

 संविधानविद् एवं कानुनका जानकारहरूले सरकार गठनमा सभामुखको प्रयोग गर्न नपाइने बताइरहेका छन्। एमाले लगायतका बिपक्षीदलहरुले भने प्रदेश प्रमुख समक्ष सभामुखको गणना गर्न नमिल्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि