हाम्रो जन्मभूमिद्धारा विभिन्न आश्रमहरुमा न्यानो कपडा वितरण

Dec 27, 2023 - 15:10
 0  21
हाम्रो जन्मभूमिद्धारा विभिन्न आश्रमहरुमा न्यानो कपडा वितरण


पौष ११,काठमाडौं,काव्य घर । सुखिको मात्र होईन दुःखीको पनि साथी हुन्छ भन्ने कुरा हाम्रो जन्मभूमि सामाजिक संस्थाले प्रमाणित गरेको छ । 
हरेक दीन दुःखी, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्य, सामाजिक अन्य गतिविधिहरुमा सम्लग्न  हुँदै ५१ औं सामाजिक काम गर्दैगर्दा विभिन्न आश्रमहरुमा आश्रय लिई रहेका बालबालिका देखि बृद्धबृद्धाहरुलाई समेत हाम्रो जन्मभूमि सामाजिक संस्थाले यो कठ्याङ्गीदो जाडोमा केही तातो बनाउने उद्देश्यले न्यानो कपडा वितरण गरेको छ।
काठमाडौं, ललितपुर र भक्तपुरमा रहेका आश्रमहरु तुलासा हरिहर फाण्डेशन (तुलसालय), द अर्फान्स होम, मानव कल्याण समाज (सेवाघर), मानव कल्याण समाज (बालसेवा घर) आश्रमहरुमा एकै दिन न्यानो कपडाहरु वितरण गरेको हो । 
संस्थाका अध्यक्ष गिता श्रेष्ठ, उपाध्यक्ष नारायण श्रेष्ठ, कोषाध्यक्ष रिता थापा (देउजा) केन्द्रीय सदस्यहरुः अम्बर बहादुर राई, प्रमिला बस्नेत, हेम बहादुर अधिकारी, सल्लाहकार डा। सर्मिला मोक्तान लगायतको उपस्थित रहेको थियो । 
उक्त न्यानो कपडा संकलन अभियानलाइ सफल बनाउनको लागि विफुल कुमारी श्रेष्ठ, विमला न्यौपाने, अरुण वलामी, सुनिता श्रेष्ठ, गमला खड्का, शोममाया श्रेष्ठ, माया श्रेष्ठ, पुष्पा आचार्य, डा.शर्मिला मोक्तान, नारायण देखी श्रेष्ठ, रेणुका भट्टराई, हेमन्ता श्रेष्ठ लगायतले सहयोग गर्नु भएको थियो । 
सागर श्रेष्ठको अगुवाईमा भएको उक्त अभियानमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगि मनहरुलाई संस्थाको तर्फबाट अध्यक्ष गिता श्रेष्ठले कृतज्ञाता प्रकट गर्दै भावि दिनहरुमा पनि यस्तै सहयोग सदभावको अपेक्षा गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि