प्रोगेसिभ एजुकेसनल फोरमको सोह्रौँ वार्षिक समारोह हुदै

Aug 8, 2023 - 16:16
 0  299
प्रोगेसिभ एजुकेसनल फोरमको  सोह्रौँ वार्षिक समारोह  हुदै

साउन २३, काठमाडौं, काव्य घर । आफ्नो सोह्रौँ वार्षिक समारोहको उपलक्ष्यम प्रोगेसिभ एजुकेसनल फोरम चाबहिलले उक्त फोरमभित्र आवद्ध संस्थागत  विद्यालयको संयुक्त आयोजनामा यही मिति २०८०/४/२६ गते शुक्रवार एस् ई ई सम्मान ,नृत्य तथा गायन प्रतियोगिता सम्पन्न गर्ने भएको छ। उक्त छाता संगठनभित्र आवद्ध विद्यालयमा शैक्षिक र अतिरिक्त कार्यक्रमलाई उकास्न फोरमले विद्यालयविच वर्षभरि हस्तलेखन,कविता,वक्तृत्वकला,चित्रकला,वादविवाद, नेपाली र अङ्ग्रेजी हिज्जे ,कथावाचन,बास्केटवल,फुटवल जस्ता  विविध किसिमका प्रतियोगितात्मक अतिरिक्त कार्यक्रम गर्दै आएको छ ।  कार्यक्रममा राष्ट्रका धरोहरका रूपमा रहेका विविध क्षेत्रका व्यक्तित्व ,शिक्षाविद ,फोरमभित्रका सबै विद्यालयका  संस्थापक, प्राचार्य,निर्देशक वि. व्य सका अध्यक्ष ,निर्देशक,शिक्षक शिक्षिकाको समुपस्थितिमा  कार्यक्रम भव्य रूपमा सम्पन्न हुँदैछ । उक्त कार्यक्रममा वरिष्ठ गायक,तथा सङ्गीतकार श्री दीप श्रेष्ठलाई अभिनन्दन गरिँदै छ भने उक्त फोरमभित्रका विद्यालयमा लामो समयदेखि व अध्यापन गर्ने र कार्यरत कर्मचारीहरूलाई दीर्घकालीन सेवा सम्मान,अनि एस्.ई ई सम्मान,  गायन र  नृत्य प्रतियोगिता सफल र विजयी विद्यालय र विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिने छ । यसरी संस्थागत विद्यालयहरूले विद्यार्थीहरूको चौतर्फी विकासमा गुणस्तरीय र यस्ता महत्वपूर्ण कार्यक्रम गर्दै आउनुलाई राष्ट्रियरूपमा नै गौरवबोध गर्न सकिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि