‘बृहत हाइकु बाचन’ तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

काव्य घर नेपालको आयोजनामा बृहत हाइकु बाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ

Oct 14, 2023 - 12:14
Oct 17, 2023 - 14:51
 0  51
‘बृहत हाइकु बाचन’ तथा  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज २७ काठमाडौ ,काव्य घर / काव्य घर नेपाल मिडिया प्रा.लि को साहित्य बिभाग पेरोल काव्य घर नेपालको आयोजनामा काठमाडौंमा ‘बृहत हाइकु बाचन’ तथा दशैको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।


 
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मधुसूदन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न  भएको कार्यक्रममा वरिष्ठ पत्रकार गोपालप्रसाद थपलिया र प्राज्ञ मन्जु काँचुली विशेष अतिथि रहनु भएको थियो ।

 हाइकुका अनुसन्धानदाता बी.के पाल्पालीको हाइकु बाचन गरि उद्घाटन गरिएको कार्यक्रममा नेपाली हाइकु इतिहासमा बिशेष योगदान पुर्‍याएका स्रष्टाहरुको समेत चर्चा परिचर्चा गरिएको थियो । हाइकु आयातित रहेपनि नेपालीहरुको मन मस्तिष्कमा जरा गाडेर बसेको प्राज्ञ मधुसूदन गिरीले बताउनु भयो । नेपाली हाइकुमा नेपाली बिम्बहरु झल्किनु पर्ने तर्क राख्नु भयो ।


काव्य घर नेपालको साहित्य बिभाग प्रमुख रेणुका भट्टराईको सञ्चालन रहेकोे कार्यक्रममा हाइजिन दिल पौडेल , भुवन शिवाकोटी ,कमला घिमिरेले  नेपाली हाइकुको महत्त्व र अस्तित्वलाई जोड दिदै  हाइकु लेखनमा सक्रिय रहेको बताउनु भयो ।


हाइजिन अन्जना पौडेलले स्वागत रहेको  कार्यक्रममा राममणी ढुङ्गेल,राजन न्यौपाने ,मन्जु काँचुली,चन्द्रकला शाह ,गोपालप्रसाद थपलिया,रश्मि रिमाल ,दिलकुमारी डङ्गोल,शर्मा ललिता ,शान्ति पौडेल  ,बैरागी जेठाले हाइकु बाचन गर्दै नेपाली हाइकु लेखन त्यति सजिलो र सहज नरहे पनि नेपाली साहित्यमा हाइकुको स्थान महत्त्वपूर्ण रहेको बताउनु भएको थियो ।

 

काव्य घर नेपालका अध्यक्ष राजकुमार  खड्गाले सभातिको आसनबाट बोल्दै  अबका हाइकुले नेपाली  संस्कार संकृतिको पक्षमा बोल्नुपर्ने र यश किसिमको कार्यक्रम हाइकु विशेष यो सालकै सम्भवतः पहिलो हो र सबै बिधालाई यसैगरी सबै बिधालाइ न्याय गर्दै लगिने बताउनु भयो ।

 

कार्यक्रममा देश विदेशबाट पठाउनु भएका हाइकु पनि बाचन गरिएको थियो । अमेरिकाबाट पुष्कर लोहनी, वेदकुमारी न्यापाने, मलेसियाबाट वाइ के युवराजका हाइकुहरु बाचन गरिएको थियो ।

त्यस्तै विभिन्न जिल्लाबाट प्राप्त  भएका हाइकुलाई पनि स्थान दिदै बाचन गरिएको थियो ।उदयपुरबाट माधव गज्याङ्ग्रे , तनहुँबाट आकाश अधिकारी, भक्तपुरबाट बसन्त बस्नेत लगायतका हाइजिनहरुको हाइकु बाचन गरिएका थिए । 


काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा भएको कार्यक्रम सम्पन्न भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि