नेपालमा पेट्रोलियम रिफाईनरी टर्मिनल/डिपोको आवश्यकता र सम्भावनाहरू- अनिल मन्जिला

Aug 16, 2023 - 13:34
 0  24
नेपालमा पेट्रोलियम रिफाईनरी टर्मिनल/डिपोको आवश्यकता र सम्भावनाहरू-  अनिल मन्जिला
       धेरै बर्ष अघि देखि नै पेट्रोलियम पदार्थको खानी सम्बन्धि अन्वेशण / परिक्षणहरू भै रहेको समाचार तथा लेखहरू आई रहेको थियो र यदि सॉंचै परिक्षण पछि पेट्रोलियम पदार्थ देखिएकै थियो भने अब आफ्नै मातृ-भूमिबाट अप्रशोधित पेट्रोलियम पदार्थ Crude-Oil प्राप्त हुने देखिएको थियो भने जस्लाई प्रशोधन गरि पेट्रोल, डिजल, मट्टितेल, हवाई ईन्धन र अन्य सबै जसो Finished Products उप्पादन गर्नु पर्ने हुन्छ। Crude Oil बाट प्रशोधित तेल बनाउनको लागि पेट्रोलियम रिफाईनरी डिपोको स्थापना गर्नु पर्ने देखिन्छ। हाल सम्म पनि यसको बारेमा कुनै पहल तथा तयारी हुनु पर्दछ भन्ने देखिऐको छैन तर देशको स्वॉंठ System ले कुनै अभिरूचि देखाएको छैन। अत: यसै सम्बन्धमा पनि सम्भाब्यता परिक्षण अध्ययन गर्न अब ढिला गर्नु हुदैन भन्ने लागेकोले यसैArticle बाट बिजारोपण गर्दै रिफाईनरी टर्मिनल स्थापना सम्बन्धमा सम्भाब्यता अध्ययन तर्फ हामि यूबा अब द्रुत देशको बिकाश तर्फ अगाडी बढ्न पहिलो पाईला सहित चल्ने जमर्को स्वरूप प्रयत्न गरेको छु। बुँदागत छलफल गर्दा निक्लेका निम्न महत्वपूर्ण बिषयहरू 
(१) रिफाईनरी टर्मिनल डिपो लगायतका पेट्रोलियम पदार्थहरू कारोबार गरिने Plant को निर्माण गर्दा यसका लागि यो पदार्थ ज्यादै प्रज्वलनशिल, सँबेदनशिल र बिष्फोटक भऐकोले बिभिन्न international Code, मान्यताहरू,Standards र Specification हरू जुन बाध्यकारी रूपमा अबलम्बन गर्नु पर्ने गरी तोकिऐका छन् र पूर्ण रूपमा पालना गरी निर्माण गर्नु पर्ने हुन्छ। यहॉं यस सम्बन्धमा छोटकरिमा मात्र उल्लेख गरिएको छ। जस्तै - API ( American Petroleum institute), ANSE, ASIM, BS, IS, DIN ईत्यादी पर्दछन् लगायतका सबै सँचालनका सँयन्त्रहरूको पनि स्थापनार्थ रिफाईनरी संग संगै टर्मिनल डिपोको पनि स्थापना गर्नु पर्ने हुंदा यो ज्यादै ठूलो योजना पर्दछ र साथै सम्पूर्ण सामाग्रीहरू खरिद,निर्माण तथा जडान कार्यमा माथि उल्लेखित कोडहरू सबै कडाईका साथ पालना गरिनु पर्दछ। यसको लागि ऐन, नियम कानूनको ब्यवस्था गरिनु पर्ने हुन्छ। यस बारेमा बिभिन्न दुर्घटना,आगलागि र सचेतता संग निकट हुने हुंदा कारणबस कुनै घटना भएमा यसलाई सामना गर्न अत्यन्त ठूलो कठिन अवस्था पर्ने हुंदा फायर सेफ्टीका सबै उपकरणहरू फेल हुन्छन्।यस्तो घटना संसार भर भई रहने समाचार हामिले बाराम्बार सुनि रहेकोले यस क्षेत्रमा दुर्घटना "ZeRo Principle" मा आधारीत कार्य गर्न सम्पूर्ण अन्तराष्ट्रिय मान्यतालाई मान्नु पर्ने नै बाध्यकारी नियमहरू रहेको माथि उल्लेखित गरि सकेको छु। यदि यस कुराहरूलाई अनुशरण गर्ने तर्फ नजरअन्दाज गर्ने गरि कडा कानून हाम्रो देशमा छैन भनि आफ्नो मन खुसि गर्न थालिएेमा राष्ट्रिय अपराध गरेको सरह हुने जाने भऐकोले भविष्यको कुनै पनि समयमा दुर्घटना हुन गऐमा अनुसन्धानको पहिलो चरणमा नै निर्माण गर्ने " डिजाईनर" र स्विकृती कर्ताले उल्लेखित मान्यता अनुरूप निर्माण गरेको Record हेर्ने र दोषी-करार गर्ने अवस्था सृजन हुने हुंदा त्यस पछि मात्र अन्य गहन बिषयहरूको अनुसन्धान गरिने सबै क्षेत्रमा international Rules रहेको मान्यता छ।
 (२) नेपालमा हाल सम्म पनि पेट्रोलियम पदार्थहरू लाई समेट्ने गरि ऐन, बिधान, नियम कानूनहरू साथै बिष्फोटक संसोधन सहितको ऐन बन्न सकेको छैन। अघि नै यसको पनि निर्माण भई सक्नु पर्ने देखिन्छ तर यी ऐनहरू निर्माण भई लागु भए पछि मात्र उल्लेखित सम्पूर्ण मापदण्डहरू पनि त्यसमा समाबेश हुने हुंदा सबैले अनिवार्य पालना गरौं। एउटा टहरो बनाउनु पर्दा त कोडहरूको पालना गर्नु पर्ने हुन्छ भने यत्रो ठूलो संबेदनशिल पेट्रोलियम पदार्थ जसको गुण Hazardous भऐको कारण plant निर्माण गर्दा यस् क्षेत्रको बिभिन्न ब्लकहरू अनिवार्य छुट्याउनु पर्छ नै जस्तै- टैंक ब्लक/ प्रशासन ब्लक/ईल्क्ट्रिीकल ब्लक/कन्ट्रोल ब्लक/फायर सेफ्टी ब्लकहरूको स्थान Specific स्थानमा जडान गर्नु पर्दछ।
(३) अन्तमा पेट्रोलियम पदार्थ प्रशोधन गर्ने रिफाईनरी टर्मिनल/डिपो जस्तो बिषयको अनुसन्धान र प्रशोधन गर्ने रिफाईनरी डिपो जस्तो हजारौँ यूनिटहरू स्थापना गर्नु पर्ने अवस्था सम्ममा यसको पनि निर्माण भई सक्नु पर्दछ। माथि उल्लेखित कार्यहरु गर्ने सम्बन्धमा अगाडि बढ्न यस विषयमा गहिरो अध्ययन गर्नु भएको निवृत्त हुनुभएका हालै इन्जिनियर बिभागका निर्देशक श्री शरद प्रसाद पौडेल जो निगमजस्तो गरिमा बोकेको संस्थाको सेवा गर्दा आफ्नो प्राप्त रक्सौल +अमलेखगन्ज पाइपलाइन निर्माणको इन्जिनियरिङ कार्यगर्दा अनुभवको आधारमा कार्य सम्पादन पश्चात म PHD अध्ययन बिधार्थिको हैसियतले Plant Designer Philosopher को रूपमा नाम मनोनयन गरेका छौँ र होल निगमको संरचनालाई पारदर्शिताका साथ यो निर्माण कार्यलाई गहन अनुसन्धान गरि Fedback सहितको सफलता मिलोस भनि शुभकामना दिंदै सुधार र सुझाबको साथ पुन: दोस्रो चरणबद्ध Article र अनुसन्धान गर्ने छौँ । जय मातृ-भूमिको लागि अब केहि बोल्ने दिन आईसकेको छ। अब केहि बोलौँ ! 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि