नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले काव्यघरलाई जानकारी दियो ।

Mar 4, 2024 - 08:55
 0  14
नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने

फागुन २१ काठमाडौ ,काव्य घर /नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)सहितका दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको छ

 हिजो साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दलहरूको बैठकमा नयाँ गठबन्धन सरकार बनाउने सहमति भएको उच्च स्रोतले काव्यघरलाई जानकारी दियो ।

स्रोतका अनुसार नयाँ गठबन्धन सम्भवत: आजै घोषणा हुने सम्भावना छ । राजनीतिमा कुनै नाटकीय परिवर्तन नभए आजै पूरानो सत्ता गठबन्धन भत्किएर एमाले-माओवादी,रास्वपा र मदेश्बादी दल उपेन्द्र यादवब्म सहितको नयाँ गठबन्धन बन्ने स्रोतले ठोकुवा गर्‍यो दलहरूबीच हाल प्रधानमन्त्री प्रचण्ड नै रहने सहमतिसमेत भएको छ ।

अहिले बर्तमान गठबन्धनको बैठक बसिरहेको छ र त्यसपछि लगत्तै एमाले सहितको नयाँ गठबन्धनको बैठक बस्ने बिशेष स्रोतले जानकारी गराएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि