कोशी प्रदेश सभाका सभाध्यक्ष पुन : बिवादमा

कोशी प्रदेश सभामा कच्चा खेलाडीको कारण पटकपटक सभाध्यक्ष बिबादास्पद बन्दै आएका छन।प्रदेश सरकारको गठन प्रक्रियामा सभाध्यक्षले गैरकानुनी तरिकाले आफ्नो ब्यवहार देखाएपछि विवाद झाङ्गिएको हो

Aug 21, 2023 - 14:52
Aug 21, 2023 - 15:04
 0  13
कोशी प्रदेश सभाका सभाध्यक्ष पुन : बिवादमा

भदौ ४ मोरङ , काव्य घर / आज सोमबार प्रदेश सभाको बैठकको कार्य शुचि अनुसार कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मतका लागि मत बिभाजन भएको छ ।

कोसी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएको घोषणा गरिएको छ। प्रदेशसभाको अध्यक्षता गरेका जेष्ठ सदस्य प्रदेशसभा सदस्य इस्राइल मन्सुरीले उक्त घोषणा गरेका हुन्। संविधानविपरीत विश्वासको मत सत्ता पक्षमा उनी आफैंले मतदान गरेर पुर्व सभामुख बाबुराम गौतमको बिडो थामेका हुन ।

जेष्ठ सदस्यको हैसियतले कार्यक्रमको अध्यक्षता गरेका मन्सुरीले आफूले समेत मतदान गरेपछि थापाले ४७ मत पाएको भन्दै विश्वासको मत पाएको भनेर उनले घोषणा गरेका हुन्। ‘माननिय उद्धव थापाले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेको घोषणा गर्दछु।’मन्सुरीले भने ,

त्यसपछि हलमा बिपक्षीहरुले होहल्ला सहित नाराबाजी समेत गरेका छन ।बैठकका सभाध्यक्षले नियम मिचेर पक्ष लिएर मतदान गरेको बिषयलाई लिएर प्रतिपक्ष एमालेले बिरोध गरेको हो ।

सभाको अध्यक्षता गर्नेले पक्ष वा विपक्षमा मतदान गर्न नपाउने संवैधानिक व्यवस्था छ। सभाध्यक्षले बराबरी मत खसेको अवस्थामा मात्रै निर्णायक मत दिन पाउने व्यवस्था छ। तर, मत बराबरी नभइकन संविधानको उल्लंघन गर्दै गठबन्धनको निर्णयका आधारमा मन्सुरीले मतदान गरेपछि कानुनी समस्या आइपरेको हो।

कोसीको ९३ सदस्यीय प्रदेशसभामा थापाको ४७ मत र विपक्षमा ३० मत खसेको घोषणा सभाध्यक्ष इस्राइल मन्सुरीले गरेका हुन्। तटस्थतर्फ भने मत परेन। सोमबारको प्रदेशसभा बैठकमा ७७ जना सांसद मात्रै उपस्थित रहे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि