नेपाली साहित्य समाज क्यानडाको कार्यक्रम 

साहित्यकार हेम अधिकारीको क्यानडाको नियात्रा सङ्ग्रह‘उत्तरी ध्रुवतिर टहलिँदा’को चर्चा परिचर्चा समेत गरिएको थियो डा.गोविन्द सिंह रावत र मोहनप्रसाद खरेलबाट अधिकारीको कृतिको सुक्ष्म रूपमा समीक्षा भयो।

Feb 12, 2024 - 07:30
Feb 13, 2024 - 18:21
 0  28
नेपाली साहित्य समाज क्यानडाको कार्यक्रम 

माघ २९, क्यानडा,काव्य घर/ नेपाली साहित्य समाज क्यानाडाको आयोजनामा सरस्वती माताको पुजाको अवसर पारेर क्यम्बेल टोरन्टो सामुदायिक पुस्तकालयको जमिनमुनिको सभाहलमा साहित्यिक कार्यक्रम सहित पुजा अर्चना सम्पन्न भयो ।

साहित्यकार हेम अधिकारीको क्यानडाको नियात्रा सङ्ग्रह‘उत्तरी ध्रुवतिर टहलिँदा’को चर्चा परिचर्चा समेत गरिएको थियो डा.गोविन्द सिंह रावत र मोहनप्रसाद खरेलबाट अधिकारीको कृतिको सुक्ष्म रूपमा समीक्षा भयो।
संस्थाका अध्यक्ष डा। खेम गुरागाईँको अध्यक्षतामा भएको कार्यक्रम सचिव मोहन खरेलले सञ्चालन गर्नुभएको थियो ।
 


क्यानडामा आएका नेपालीहरू आफ्नो भाषा,साहित्य र संस्कृतिको संरक्षणमा दत्तचित्त भएर लागेका पाइन्छन् । यहाँ आउने सबै नेपाली एक छन् । कुनै जातजातिको वा अरू केहीको सीमा वा तँछाडमछाड छैन।सहिष्णु  एकत्व नेपालीपन भएको क्यानाडामा उनीहरू आफ्ना भावनाहरू , अनुभूतिहरू नेपाली संस्कार संस्कृति भाषा साहित्य  उद्घाटित गरिरहेका छन् । नेपाली साहित्य समाज क्यानडामार्फत सबै श्रष्टा र साहित्यानुरागी एकत्वभावमा लागिरहेको सस्थाका अध्यक्ष खेम गुरागाईको नेतृत्वमा यो कार्य चलिरहेको साहित्यकार हेम अधिकारीले काव्य घरलाई जानकारी गराए उनले भने भविष्य उज्जव आभाषित हुन्छ  । 


यसै सरस्वती पूजाको अवसरमा ४० भन्दा बढीको उपस्थितिमा कार्यक्रम भएको र कार्यक्रमलाई तीन चरणमा वर्गीकरण गरिएको थियोे ।
पहिलो चरणमा  सरस्वती वन्दना सहित उनको तस्वीरमा पूजा अर्चना र अक्षरारम्भ ।यो अवसरमा रिभा लम्साल ,रिया लम्साल,रायना प्रसाईँ तीनजना नानीहरूको अक्षरारम्भको विधि भयो ।
दोस्रो चरणमा कवि,कवयित्रीहरूले कविता वाचन गर्नुभयो कविहरु विष्णुहरि भण्डारी, हेम अधिकारी,रविन थपलिया,शिशिर पाण्डे,रविन्द्र लम्साल,गोविन्द सिंह रावत,शरद मैनाली, खेम गुरागाईँ,नवीन पौडेल, रविन्द्र घिमिरे, पारु पाण्डे, शेषराज दाहाल, शोभा मास्केले भूपि शेरचनको कविता वाचन गर्नुभयो,चन्द्र पन्थी,युवराज भण्डारी, मदन बस्नेत लगायतका कविहरुको कविता प्रस्तुत गरियो ।
अन्तिम चरणमा कवि हेम अधिकारीको कृति परिचर्चा गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि