पाँचथरमा ‘इन्द्रेणी रङ्ग’ हाइकु संग्रह विमोचित 

काव्य घर नेपाल मिडिया प्रा.लिले बिमोचित हाइकु सङ्ग्रह प्रकाशन गरि बजारमा ल्याएको हो

May 7, 2024 - 23:12
 0  19
पाँचथरमा ‘इन्द्रेणी रङ्ग’ हाइकु संग्रह विमोचित 


बैशाख २५ ,पाँचथर,काव्य घर / स्रष्टा अधिकारी बिमलाको ‘इन्द्रेणी रङ्ग’ हाइकु सङ्ग्रह विमोचन कार्यक्रम निलकण्ठ बोडिङ स्कुलको प्राङ्गणमा हिजो सम्पन्न भएको थियो । काव्य घर नेपालको प्रकाशन रहेको उक्त कृतिको प्रमुख अतिथि देवीप्रसाद ढुंगाना,लेखक अधिकारी बिमला,लेखकका जीवन साथी देवीप्रसाद अधिकारी र काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाद्धारा संयुक्त रुपमा हाइकु सङ्ग्रह विमोचन गरिएको थियो ।

 समाजसेवी प्रमुख अतिथि  ढुंगानाले कृति सबल र सफल हुनेमा बिश्वास राख्दै अधिकारीको बाल्यकाल देखिकै रुचिको बिषय साहित्य रहेकोे र सफल हुँदै गएकोमा बधाई समेत दिनु भयो। साहित्यकार शान्ता गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रम पुराना लोकगायक खड्ग बोहराले लोकगीत मार्फत सभालाई मन्त्रमुग्ध बनाउनु भएको थियो । स्कुलका साना नानीहरूले बीच -बीचमा आफ्नो प्रस्तुति दिएर कार्यक्रमलाई रोचक बनाएका थिए ।

श्री निलकण्ठ भोकल बोडिङ्ग स्कुल,कोर्काली अध्यन केन्द्र फिदिम र नौलो साहित्यिक विहान प्रतिष्ठानको सहकार्य र काव्य घर नेपाल मिडिया प्रा.लिको  आयोजना रहेको विमोचन कार्यक्रममा अधिकारीको ‘बाल बगैंचा’ बाल कविता सङ्ग्रहको विमर्श समेत गरिएको थियो ।स्रष्टा अधिकारीको  ५८ औं जन्मोत्सवको अवसर समेत पारेर आयोजना गरिएको विमोचन कार्यक्रममा हाइकु सङ्ग्रह माथि स्रष्टा चन्द्र एम. वि .अविरल र ‘बाल बगैंचा’ कविता सङ्ग्रह उपर स्रष्टा राधा स्मृतिले टिप्पणी गर्नुभएको थियो ।


सोही अवसरमा काव्य घर नेपाल मिडिया प्रा.लिबाट प्रमुख अतिथि देवी प्रसाद ढुङ्गानालाई काव्य घर स्रष्टा सम्मान –२०८१ बाट सम्मान गरिएको थियो । सभापतिले सम्मान सहित मायाको चिनो समेत प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा शान्ता गौतम,खड्ग आङ्देम्बे र धनपती ढुङ्गेल निर्णायक समितिले स्कुलमा अध्यन रत बिद्यार्थीहरुको प्राथमिक र माध्यमिक तह गरि अलग–अलग चरणमा कविता प्रतियोगिता सम्पन्न गरिएको थियो । प्रतियोगितामा  कक्षा  ८  ९ र १० का विद्यार्थीहरुमा प्रथम हुने  उषा ढुंगाना , द्धितिय हुने  युनिष गुरुङ र तृतीय  हुने दर्पण चाम्लिङ  र  कक्षा  ५  ६  र  ७ का विद्यार्थीहरुमा  अपेक्षा  तिम्सिना प्रथम,अग्रिम गौतम द्धितिय र आँचल तामाङलाई पुरस्कृत गरिएको थियो ।


कार्यक्रमका बक्ताले  पाँचथरे साहित्यमा समेत झुन्ड मौलाउन लागेको र  त्यसबाट अलग भएर बिशुद्ध साहित्य कर्ममा लाग्नु पर्नेमा जोडदिएका थिए । स्रष्टा अधिकारीको जन्मोत्सवको अवसरमा काव्य घर नेपाल मिडिया प्रा.लिले बिमोचित हाइकु सङ्ग्रह प्रकाशन गरि बजारमा ल्याएको हो । थुप्रै कविहरुले समेत सिर्जना प्रस्तुत गरिएको कार्यक्रममा स्रष्टा अधिकारी बिमलाको जन्मोत्सवको शुभकामना प्रदानबाट सुरु गरिएको कार्यक्रममा  सयको हाराहारीमा साहित्यकारहरुको उपस्थिति रहेकोे थियो । कार्यक्रममा देवीप्रसाद अधिकारीले धन्यवाद मन्तव्य समेत राख्नु भएको उक्त कार्यक्रम काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको सभापतित्वमा  सम्पन्न भएको कार्यक्रमको संचालन कोर्काली अध्ययन केन्द्रका अध्यक्ष रविन कोर्कालीद्धारा  भएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि