प्रहरी कल्याणकारी कोषले पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै महानिरीक्षकलाई ६ बुँदे ज्ञापनपत्र 

Mar 6, 2024 - 20:25
 0  8
प्रहरी कल्याणकारी कोषले पूर्वप्रहरीलाई अन्याय गरेको भन्दै महानिरीक्षकलाई ६ बुँदे ज्ञापनपत्र 


फागुन २३,काठमाडौं,काव्य घर । नेपाल पूर्वप्रहरी संगठनले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरुको कल्याणका लागिएकदमै कम रकमदिने गरेको भन्दै असन्तुष्टि जनाएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी पूर्वप्रहरी संगठनले प्रहरी कल्याण कोषमापूर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी योगदानहुँदाहुदै पनिपूर्व प्रहरीहरुको कल्याणमा न्यून रकममात्र छुट्याई ठूलो रकमहिनामिनाभइरहेको बताएको हो । 
‘मूलधनसमेत मासेर कमिसनकालागि ट्याङ्क, जमिन, उपकरण आदिकिन्ने र पेट्रोल पम्पहरु लगाई कोषको दुरुपयोग गर्ने कामभएको छ भन्ने बाहिर चर्चा रहेको छ जसको एक उदाहरण पूर्व प्र.म.नि. तथाकोषका संरक्षक ओमबिक्रम राणालाई अदालतबाटै कल्याणकोषको दुरुपयोग बापत जेल सजाय भएबाटै पनि प्रमाणित भएको छ,’– पूर्वप्रहरी संगठनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ । 
प्रहरी कल्याण कोषबाट मूलधन नमासी सो कोषको व्याजबाट मात्रै कल्याणका कामहरु गर्नुपर्नेमामूल धनबाटै जथाभाबी र बद्नियतपूर्वक लगानीहुनथालेको पूर्व प्रहरी संगठनको निश्कर्ष छ ।
नेपाल भूतपूर्व प्रहरी संगठनका केन्द्रीय अध्यक्ष वसन्तराज कुँबरले कल्याणकारी कोषमा नेपाली सेनाको ७६ अर्ब, सशस्त्रको ४ अर्ब भन्दा माथि हुँदा ३२ वर्षमा नेपालप्रहरीको ४ अर्बमात्रहुनुले भ्रष्टाचार र अपचलनको आशंकागर्ने ठाउँ प्रशस्त रहेको बताए । 
नेपाल प्रहरीको कल्याणकारी कोषले पूर्व प्रहरीहरुकालागिथोरै रकम छुट्याउँदा स्वास्थ्य सेवामा असर परेको उनको भनाइ छ । ‘यो समस्या कहाँबाट आयो भने पूर्व प्रहरीहरुले आफ्नो अस्पतालमा पैसा तिर्नुपर्यो । पूर्व प्रहरीहरु ४५ हजारजति पेन्सनखाने छन् । अरु २० हजार बीचमै छाडेका छन् । पूर्व प्रहरीहरुलाई उपचारमाकिन पैसा तिर्नुपर्यो त भन्दात्यहाँ कल्याण कोषबाट २ करोडमात्रै दिएको रहेछ,’– उनले भने ।
उनले प्रहरीको उक्तप्रकरणलाई ललिता निवासजस्तै अर्को प्रकरणको संज्ञा दिए । आफूहरुले कोषको उक्त पैसा के–कसो हो छानविन गरौंभन्दा छानविन समिति गठन गर्नसमेत कोहीतयार नभएको बताए । आफूहरुले पटक–पटक पूर्व प्रहरीहरुको हकमा कल्याण कोषबाट न्यायोचित बितरण गरियोस् भनीप्रहरी प्रधान कार्यालयमा पत्राचार गर्दा पनि मागहरु सम्बोधन नभएको उनले बताए । आफ्ना वर्ग माथि प्रहरी कल्याणकोष व्यवस्थापन सञ्चालक समितिले घोर अन्याय गरेको पूर्व प्रहरी संगठनको ठहर छ । 
आफूहरुले आजकै मिति बाट “प्रहरी कल्याण कोषको न्यायोचित बितरण गर’’ भन्ने नारासहित देशव्यापी आन्दोलन र विरोध कार्यक्रम अघि बढाएको अध्यक्ष कुँबरले बताए । पूर्व प्रहरी संगठनले देशका सबै जिल्लााप्रशासना कार्यलाय र अन्य कार्यालय मार्फत प्रहरी महानिरीक्षकलाई ६ बुँदे माग पेश गर्न लागेको उनले बताए । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि