सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा लगभग सहमति भएको बुझिएको छ ।

बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएको बताइएको छ ।

Mar 6, 2024 - 17:20
 0  4
सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा लगभग सहमति भएको बुझिएको छ ।
फायल तस्वीर

फागुन २३काठमाडौं, काव्य घर /सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा लगभग सहमति भएको बुझिएको छ ।

 बुधबार दिउँसो बालुवाटारमा बसेको गठबन्धन बैठकले दलहरूले लिने मन्त्रालय टुंगो लगाएको बताइएको छ । नेकपा (एमाले) बाट सचिव रघुवीर महासेठ उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको बताइएको छ । शिक्षा मन्त्रीमा रास्वपाकी नेता सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ, श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी) बन्ने भएका छन् ।

 

सहमितअनुसार अर्थमन्त्री माओवादीले लिने सहमति भएको छ । माओवादीका उपमहासचिव वर्षमान पुनलाई अर्थमन्त्री बनाउने निर्णय माओवादीले गरिसकेकाे छ ।

यस्तै, सहमतिअनुसार नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्र मन्त्री वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ हुनेछन् भने रास्वपाका सभापति रवि लामिछाने उपप्रधानसहित गृह मन्त्री बन्ने भएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि