भौतिक मन्त्री ज्वालाद्वारा नेपाल इन्जिनियरिङ परिषदको भवन उद्घाटन

Jul 7, 2023 - 16:40
 0  5
भौतिक मन्त्री ज्वालाद्वारा नेपाल इन्जिनियरिङ परिषदको भवन उद्घाटन

 असार २२ काठमाडौं काव्य घर नेपाल ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नेपाल इन्जिनियरिङ् परिषदको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ। नेपाल इन्जिनियरिङ्ग परिषदको ५० प्रतिशत र नेपाल सरकारको ५० प्रतिशत लगानीमा २० आना जग्गामा सो भवन निर्माण भएको हो।  

काठमाडौंको मिनभवनमा करिव ११ करोड लगानीमा सो अत्याधुनिक भवन निर्माण गरिएको  हो। सो भवन निर्माणका लागि नेपाल इन्जिनियरिङ्ग परिषदले  ५० प्रतिशत  र नेपाल सरकारको ५० प्रतिशत बजेट लगानी गरेका हुन । सो भवन उद्घाटन कार्यक्रममा मन्त्री ज्वालाले समृद्ध नेपाल निर्माण अभियानमा इन्जिनियरहरुको विशेष भूमिका रहने बताउँदै सबै प्राविधिक इन्जिनियरहरुलाई जिम्मेवारीपूर्वक आफ्नो काममा लाग्न आग्रह समेत गर्नुभयो। साथै उहाँले दक्ष जनशक्ति विदेश पलायन भैरहेकोले आफूले यसलाई रोक्ने काम गरिरहेको  बताउनुभयो। सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई तथा मन्त्रालयका सचिव केशव कुमार शर्माले आफ्नो भनाई राख्नु भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि