फेरि प्रज्ञा प्रतिष्ठानमा भ्रष्टाचारको पराकाष्ठा 

सेटिङकै भरमा सिटिइभिटिका आफ्नै नातेदार वा सेटिङका निम्ति सहज मान्छे ल्याएर डा. धनप्रसाद सुवेदी र सन्ध्या पहाडीले मोटो रकम कुम्ल्याई नाटकीय रुपमा आफूखुसी दलाल मार्फत सामानको मूल्यांकन गराएका छन्

Mar 11, 2024 - 21:06
Mar 11, 2024 - 21:15
 0  44
फेरि प्रज्ञा प्रतिष्ठानमा भ्रष्टाचारको पराकाष्ठा 


फागुन २८,काठमाडौँ, काव्य घर/  नेपाल प्रज्ञा–प्रतिष्ठान बदनियतपूर्ण तरिकाले सुरु गरेको लिलाम बिक्रीका  सम्पूर्ण प्रकृया सूचना निकालेर रद्द गर्न बाध्य भएको छ ।

 

२०८० साल फागुन २७ गते गोरखा पत्रमा सूचना प्रकाशित गररै रद्द गरेपछि ठुलो धनराशी खर्च सेटिङमा  लिलामी हत्याउन सफल व्याहुत स्क्रोप सेन्टर बागडोल ललितपुरका सञ्चालक आफुले सेटिङ र अन्य प्रतिस्पर्धीलाई ‘व्यावस्थापन’ मा भएको खर्च ५ लाख भन्दा बढी क्षतिपुर्ति माग गर्दै  नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारी समक्ष झगडा गर्न २७ गते नै पुगेको प्रतिष्ठान स्रोतले जनाएको छ ।

 यस सम्बन्धमा बदनियत राखी लाखौँ रकम सरकारी रकममा चलखेलमा लिलाम गर्न लागेको र यस सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्र, कोष तथा लेखा नियन्त्रण कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका निकायमा परेको  उजुरीमा गरिएको दावी अन्ततस् पुष्टि भएको छ । 

समाचारमा र उजुरीमा भने जस्तै नेपाल प्रज्ञा–प्रतिष्ठानका केही खराब नियत भएका केही कर्मचारी र केही प्राज्ञहरु कारण आर्थिक चलखेल प्रमाणित हुने अवस्था सृजना भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरु सूचना प्रकाशित गरेरै लिलामी प्रकृया

 रद्द गर्न बाध्य भएका छन् ।

पदाधिकारीहरु लिलामी प्रकृया  रद्द गर्न बाध्य भए पनि सूचना प्रकाशन देखि रद्दसम्म (२०८० माघ २८ गतेदेखि फागुन २७ मा) नेपाल प्रज्ञा–प्रतिष्ठानको चालिस लाख रकम खर्च भएको समेत  प्रतिष्ठान स्रोतको दावी छ । विगत लामो समयदेखि सवारी साधनहरुको कर नतिरेका र लिलामीको सूचना निकाल्न साथ करिब ३१  लाख त कर तिर्न बाध्य भएको छ  । धेरै वर्षको बक्यौता कर तिर्दा समेत नेपाल प्रज्ञा–प्रतिष्‍ठानसँग बजेट अभाव हुँदा लिलामी फर्म खरिदको क्रममा राखिएको धरौटी रकमबाट  बुझाएका र बाँकी फर्मलाई धरौटी वापतको रकम फिर्ता गर्न नसक्ने अवस्थामा प्रज्ञा–प्रतिष्ठान पुगेको समेत स्रोतको दावी रहेको छ । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका

२०८० माघ २८ गते गोरखापत्र चालु अवस्थामा नरहेको जिन्सी लिलाम विक्री गर्ने प्रकृया अगाडि बढाएको थियो । सोही सूचनाका आधार बनाउँदै करिब ८५ कम्पनीहरुले लिलामीको फर्म खरिद गरेका थिए । यसरी फर्म खरिद गरेका मध्य अन्य प्रतिस्पर्धीलाई ‘व्यावस्थापन’ मा खर्च भएको ५ लाख भन्दा बढी भएको र त्यो रकम  दिनु पर्ने  २०८०फागुन १८ गते  गोरखा पत्रमा सूचना निकाली बोलपत्र स्वीकृतिको गर्ने आशयको सूचनामा उल्लेखित व्याहुत स्क्रोप सेन्टर बागडोल ललितपुरका सञ्चालकको दावी र माग  गरेको छन् । लिलामी मूल्यांकन र  सम्पूर्ण प्रकृयामा करिब डढ दर्जन खाजा र बैठक भत्ता सहितका बैठक बसी नेपाल प्रज्ञा–प्रतिष्ठानलाई व्ययभार बोकाइएको छ र अन्तमा  विभिन्न नकायले बदनियतपूर्ण लिलाम प्रकृयामा लिखित जवाफ माग गर्न थालेपछि लिलामी प्रकृया रद्द गरिएको छ  । 

लिलामी प्रकृयाको भित्रि कुरा यस्तो थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानले लिलाम बिक्री सम्बन्धी जरुरी सूचना भनी २०८० माघ २८ गते प्रकाशन गरेको सूचना र लिलामसँग सम्बन्धी गठन गरिएको समिति अवैध भएको पाइएको छ । प्रतिष्ठान स्रोतका अनुसार लिलामका निम्ति फाराम बनाई सचिव आफैँले प्रमाणीकरण गरेका छन् भने फाराम वितरण पुस्तक बिक्री कक्षबाट गरिएको भनिए पनि लिलाम फाराम साथ संलग्न भनिएको लिलाम गरिने सामग्रीको विवरण निवेदकले महाशाखा प्रमुख सन्ध्या पहाडीबाट मात्र पाउने गरी गोप्य गरिएको छ । साथै निवेदनको दर्ता प्रतिष्ठानको मूल दर्तामा गरिनुपर्नेमा सन्ध्या पहाडीले आफैँ कार्यकक्षमा दर्ता गरेकी छिन् । निज सन्ध्या पहाडीले रा।क।स। का अध्यक्ष धनबहादुर कार्कीको मिलेमतोमा लाखौँ रकम असुल गर्ने उद्देश्यले निवेदकहरूलाई प्रभाव पारेको बताइएको छ । चिनेकै कम्पनीलाई लिलाम सकार्ने मौका दिने अठोट गरी उनले लाखौ रकम बाँड चुँड गरी पचाएको प्रतिष्ठानमा चर्चा चलेको थियो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट लिलाम गर्न लागेका ६ ओटा गाडीमध्ये

४ ओटा गाडी अगिल्लो महिनासम्म चलिरहेकै थियो । ती गाडीहरूमा कुनै समस्या आएकै छैन । तर प्रतिष्ठानका पदाधिकारीहरु लिलाम सकार्नेसँग साँठगाँठ गरी पैसा कुम्ल्याउन लागेको आरोप लागेको छ । कुनै प्राविधिक जाँच बिना गाडी लिलामी गर्ने, अन्य सरसमान लिलामी गर्ने भनी सूचना जारी गरेर प्रतिष्ठानमा लाखौँ रकम हिनामिना गर्ने अवस्था देखिएको छ । गाडीहरुको  करिब ३० लाख राजस्व तिर्नुपर्ने अवस्थामा लगभग ११ लाखमै लिलाम गर्ने त्यसमाथि कार्यालयमा लाखौँ पर्ने अन्य सामानसहित १ लिलाम सकार्ने समेत सेटिङमा फिक्स गराएर अनि लिलाम गर्ने सामान पहिले नै दलाललाई देखाएर कमिसनका निम्ति मोलमोलाई गरेर उनीहरुले भनेकै दररेट कायम गरी सूचना निकालेको प्रष्टै देखिएको थियो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान पूर्णतः सरकारी स्वामित्वको कार्यालय हो तर यसले ुसरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९ु लाई नजरअन्दाज गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने मात्र होइन पालना समेत गरेको छैन । ुसरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९ु को परिच्छेद २ अनुसारको कुनै पनि नियम वा दफालाई प्रतिष्ठानले आफ्नो लिलाम विक्री प्रक्रियालाई अवलम्बन गरेको छैन । जिन्सी मालसामानको लेखांकन, मूल्य नखुलेको सामानको मूल्य कायम, जिन्सी सामानलाई आम्दानी बाँध्ने कार्य, जिन्सी मालसामानको विवरण तयारी गर्नुपर्ने, मुचुल्का तयार गर्ने, उक्त कार्यविधि अनुसारको मूल्यांकन गरी त्यसको प्रतिवेदन तयार गर्ने जस्ता कुनै पनि कार्य प्रतिष्ठानले गरेको छैन । यसका साथै ुसरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९ु ले लिलाम विक्रीका लागि नेपाल सरकारद्वारा २०७७ माघ १९ गते स्वीकृत भई राजपत्रमा समेत प्रकाशित भएको ुआर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ु लाई उपहास समेत गरेको पाइएको छ । जसको नियम १०७ अनुसार 

ुसरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम विक्री सम्बन्धी कार्यविधि, २०७९” को लिलाम विक्री सम्बन्धी व्यवस्था यस प्रकार रहेको छु ।

 

लिलाम विक्री समिति नै अबैध !

नेपाल प्रज्ञा–प्रतिष्ठान केन्द्रीय निकाय हो भने कम्तीमा राजपत्राङ्कित द्वितीय श्रेणीको अधिकृतको संयोजकत्वमा महालेखा नियन्त्रक कार्यालयले तोकेको अधिकृतस्तरको एक जना प्रतिनिधि र सम्पत्ति तथा जिन्सी मालसामानको बारेमा जानकारी भएको कुनै सरकारी निकायको विज्ञ कर्मचारी एक जना रहनु पर्ने व्यवस्था छ । प्रतिष्ठानलाई केन्द्रीय निकाय नभई अन्य कार्यालय मान्ने अवस्थामा कार्यालयको प्रमुख वा निजले तोकेको अधिकृतको संयोजकत्वमा सम्बन्धित (काठमाडौँका) प्रमुख जिल्ला अधिकारीले तोकेको अधिकृतस्तरको प्राविधिक कर्मचारी र कोष तथा लेखा नियन्त्रक कार्यालयको प्रतिनिधि एक जना अनिवार्य रहनु पर्ने व्यवस्था विपरीत र  प्रतिष्ठानले गठन गरेको लिलाम विक्री समितिमा कुन नियम र कानुनको आधारमा यस्तो लिलाम विक्री समिति बनेको  थियो ।  

सन्ध्या पहाडी (ने.प्र.प्र., रा.प. प्रथम श्रेणी सरह) संयोजक 
राजेन्द्र कुमार शाही ठकुरी (ने.प्र.प्र., उपप्रमुख, रा.प. द्वितीय श्रेणी सरह ) सदस्य
सम्पति अधिकारी (ने.प्र.प्र.,, उपप्रमुख, रा।प। द्वितीय श्रेणी सरह) सदस्य
अशोक चौरसिया (ने.प्र.प्र.,, शाखा अधिकृत, रा।प। तृतीय श्रेणी सरह) सदस्य
बद्रीप्रसाद कार्की (ने.प्र.प्र.,, शाखा अधिकृत, रा।प। तृतीय श्रेणी सरह)सदस्य
बलराम केसी (ने.प्र.प्र.,, खरिदार रा।प।अनं। द्वितीय श्रेणी सरह) सदस्य
धनबहादुर कार्की (ने.प्र.प्र.,, सवारी चालक, श्रेणी विहीन) सदस्य

प्रतिष्ठानले गठन गरेको भनेको समितिको संयोजक र सदस्यहरु कसरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ु का आधारमा कसरी वैधानिक भयो ? अवैध र त्रुटिपूर्ण निर्णयले गठन गरिएको समितिले मिली भगतमा कमिसन खाने नियतका साथ गरेको लिलाम विक्री प्रक्रिया नै अवैधानिक भएको पाइएपछि प्रकृया रद्द भएको हो ।

 सेटिङकै भरमा सिटिइभिटिका आफ्नै नातेदार वा सेटिङका निम्ति सहज मान्छे ल्याएर डा. धनप्रसाद सुवेदी र सन्ध्या पहाडीले मोटो रकम कुम्ल्याई नाटकीय रुपमा आफूखुसी दलालमार्फत सामानको मूल्यांकन गराएका छन् । सवारी साधनको भन्दा अन्य सामानको त कुनै मूल्यांकन गरेको विभिन्न निकायमा हालेको उजुरमा उल्लेख  गरेको सामग्री यसभन्दा अगाडि नै विभिन्न संचारमाध्यमबाट प्रकाशित र प्रशारित गरिसकेको छ । 

जिन्सी सामानको अहिलेको बजार मूल्य कति हो ?वार्षिक ह्रास कट्टी कति हो ? अहिले बजारमा कतिसम्म बेच्न सकिन्छ ? कुनै हरहिसाब नगरी कुन कुन सामान लिलाम गर्ने हो ? त्यसको विवरण नै तयार नगरी महँगा सामानलाई समेत रद्दी सामानसँग मिसाएर सामानको थुप्रोमा राखी सेटिङका भरका दररेट निर्धारण गरेर कमिसन खाने नियतले लिलामी प्रक्रिया अगाडि  बढाएको छानविनको क्रममा देखिएपछि ‘पानी माथिको ओभानो’ हुन नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीले   लिलामी प्रकृया रद्द गरिएको छ ।  डा. धनप्रसाद सुवेदी लगायत प्रज्ञा प्रतिष्ठानको व्यवस्थापन पक्ष र अवैधानिक रुपमा गठित समितिका सदस्यहरुको मिलेमतोमा सेटिङ गरी व्याहुत स्क्रोप सेन्टर, बाग्डोल ललितपुरलाई  ११ लाख ५५ हजार रकममा लाखौँ सामान लिलाम सकार्न स्वीकृति दिइएको  थियो छ ।

व्याहुत स्क्रोप सेन्टर सन्ध्या पहाडी र आधिकारिक ट्रेड युनियनका अध्यक्ष धनबहादुर कार्कीको चिनजानको मान्छेले चलाएको कम्पनी भएको छानविनको क्रममा खुल्न आएपछि  नेपाल प्रज्ञा–प्रतिष्ठानका पदाधिकारीहरु लिलाम प्रकृया रद्द गर्न बाध्य भएका हुन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि