भ्रष्टाचार विरुद्ध कार्यक्रम सप्पन्न

भ्रष्टारचारले जरो गाडीसकेको छ । भ्रष्टाचारबाट देश मुक्त नभए सम्म कुनै प्रकारको प्रगति हुन सक्दैन ।

Aug 3, 2023 - 08:06
 0  29
भ्रष्टाचार विरुद्ध कार्यक्रम सप्पन्न

साउन १८ काठमाडौ , काव्य घर/ भ्रष्टाचार विरुद्धको राष्ट्रिय संघर्ष समितिले गर्यो काठमाण्डौमा विरोध सभा सम्पन  भयो ।

 भ्रष्टाचार विरुद्धको राष्ट्रिय संघर्ष समिति र नेपाल सांस्कृतिक समाजवाले बुधबार काठमाण्डौ स्थित नयाँ वसपार्कमा भ्रष्टाचार विरुध्द विरोध सभाको आयोजना गरेको छ ।

कार्यक्रममा भ्रष्टाचार विरुद्धको राष्ट्रिय संघर्ष समितिका संयोजक भबिसोर पराजुलीले नेपालमा भ्रष्टारचारले जरो गाडीसकेको भन्दै भ्रष्टाचारबाट देश मुक्त नभए सम्म कुनै प्रकारको प्रगति नहुने बताउनु भयो । उहाँले यो वा त्यो प्रकारले सेटीङमै भ्रष्टाचार हुने गरको भन्दै भ्रष्टाचारको समुल अन्त्य गर्न जन स्तरबाटै अभियान थाल्नु पर्नेमा उहाँको जोड थियो ।

 

कार्यक्रममा नेपाल राष्ट्रिय तथा जनाधिकारसंरक्षण मञ्चका अध्यक्ष तथा पूर्व प्राध्यापक शंकर पोखरेल,सुरक्षा समितिका पूर्व सदस्य तथा अभियन्ता बसन्त भुजेल,राष्ट्रिय आविस्कार केन्द्रका हरी तामाङ लगायतका बक्ताहरुले भ्रष्टारचारले देशकै वद्नाम भएको भन्दै नेपाली राजनिति सहित कर्मचारी प्रशासन र स्वयं हाम्रो मानसिकतामा भएको भ्रष्टाचारलाई अन्त्य नगरे सम्म देशको उन्नति नहुनेमा उनिहरुको जोड थियो ।

कार्यक्रमको स्वागत मन्तव्य दार्चुलाकी अधिकारकर्मी तथा अभियन्ता रुकमणि जागरीले गर्नु भएको थियो भने ॠषि अधिकारीले संचालन गर्नु भएको थियो । सरकारी तथा अन्य सवै निकायमा भनसुन र लेनदेनवाट भ्रष्टाचार मौलाएको उहाँले बताउनु भयो । भ्रष्टहरुको सम्पति राष्ट्रियकरण गरेर नगए उनिहरुको मनोवल अझ वढ्र जाने उहाँको भनाई थियो ।

सरकारले भ्रष्टाचारको फायल खोले पनि ठूलाहरुलाई कार्वाहिको दायरामा ल्याउन सक्छ की सन्दैन शंका रहेको भन्दै भ्रष्टाचार अन्त्य नभए नेपालले हासिल गर्न खोजेको लक्ष पुरा गर्न सक्दैन । भ्रष्टाचारको अन्त्य नभए राष्ट्रिय स्वाधिनताको समेत रक्षा हुन्न भन्दै उहाँले ठूला फायल खोलेर मात्र भ्रष्टाचारको अन्त्य नहुने भन्दै सरकारका ३ वटै तहहरु भ्रष्टाचारको दुर्गन्धमा मुछिएको बताउनु भयो ।

 

कार्यक्रममा विभिन्न कलाकारहरुले भ्रष्टाचार विरोधी गित तथा प्रस्तुति गरेका थिए । संघर्ष समितिले निरन्तर भ्रष्टाचार विरुध्द अभियानहरु संचालन गर्ने जनाएको छ । ०६४ वाट सुरु भएको यो अभियान अव देशभरी अभियान चलाउने बताउनु भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि