माउन्टेन इनर्जीको शेयर किन ओरालो लाग्दैछ ?

Dec 5, 2023 - 13:52
Dec 5, 2023 - 13:56
 0  4
माउन्टेन इनर्जीको शेयर किन ओरालो लाग्दैछ ?

२०८०, मंसिर१९, काठमाडौं , काव्य घर/माउन्टेन इनर्जीको शेयर किन ओरालो लाग्दै गएको छ । यसको मूल्य लगातार ४ दिनयता उच्च दरले घटिरहेको छ । गत बिहीबार, आइतबार र सोमबार लगातार १०–१० प्रतिशतले मूल्य घट्यो भने मंगलबार ८र९ प्रतिशत घट्यो । बिहीबार कारोबार खुल्दा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५० रुपैयाँ थियो । त्यसयता ४ दिनसम्म उच्च दरले मूल्य घटेपछि मंगलबार कारोबार बन्द हुँदा मूल्य प्रतिकित्ता ४३४ रुपैयाँ ९० पैसामा झरेको छ । ४ दिनमै कम्पनीको मूल्य ३३ प्रतिशत अर्थात् प्रतिकित्ता २१५ रुपैयाँले झरेको छ । यसरी कम्पनीको मूल्य झर्नुको मुख्य कारण संस्थापक सेयरको लकिङ पिरियड खुल्नु हो ।

जलविद्युत् कम्पनीहरुको साधारण सेयर सेयर बाँडफाँट भएको मितिले ३ वर्षपछि संस्थापकको सेयरमा लकिङ पिरियड खुल्छ । लकिङ पिरियड खुलेपछि संस्थापक सेयर पनि साधारण सेयरसरह उहीं मूल्यमा कारोबार गर्ने बाटो खुल्छ । यसरी ठूलो संख्यामा संस्थापक समूहको सेयर साधारणसरह बजारमा आउँदा आपूर्ति ह्वात्तै बढ्न जान्छ । सो सेयर नआउँदैबाट साधारण लगानीकर्ताले बेच्न थाल्छन् । माउन्टेनको अहिलेको अवस्थामा आपूर्ति बढ्न गई मूल्यमा ठूलो असर परेको लगानीकर्ता पिताम्बर खकुरेलले बताए । यसरी निरन्तर ओरालो अवस्था भइरहेमा लगानीकर्ताको मनोबल समेत गिर्ने निश्चित छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि