हंसबाहिनी सहकारीले आफ्नो १४ औं साधारण सभा सम्पन्न गर्‍यो ।

Aug 26, 2023 - 16:26
Aug 31, 2023 - 03:28
 0  49
हंसबाहिनी सहकारीले आफ्नो १४ औं साधारण सभा सम्पन्न गर्‍यो ।

भदौ ९ झापा , काव्य घर / हंसबाहिनी बचत तथा ऋण सहकारी सस्था लिमिटेड दमक झापाको चौधौं साधारण सभा कन्काई पार्टी प्यालेसको सभा हलमा सप्पन्न भयो ।

सभामा सहकारी संघ झापाको उपाध्यक्ष प्रेम्प्रसाद कोइरालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पानसमा दिप प्रज्वालन गरि उद्घाटन गर्नु भयो । प्रमुख अतिथि कोइरालाले सहकारीहरुमा बिचलन आएको यस घडीमा हंसबाहिनी सहकारी अटल रहिरहन सकेकोमा बधाई दिदै यसका कामकाज सहि र सत्य तथ्यमा रहि अगाडि बढिरहेकोमा यसलाई निरन्तरताको लागि सुझाव समेत दिनु भयो ।

 

कार्यक्रममा स्थानीय दमक नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष कुबेर प्रसाद भट्टराई ,निरस्युन कार्यक्रम अधिकृत पवन घिमिरे ,पुर्व अध्यक्ष नेत्र प्रसाद पराजुली ,निर्वाचन समिति अध्यक्ष लेखनाथ निरौला लगायतले आ आफ्नो धारणा राख्नु भएको थियो ।

 लक्ष्मीप्रसाद गौतमले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा आफ्ना सेयर सदस्य र तिनका परिवारहरुलाई विभिन्न पुरस्कार तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो ।

दोस्रो चरणको कार्यक्रममा नया संचालक समिति चयन गर्ने कार्यक्रम पनि रहेकोे हुदा नेत्र प्रसाद पराजुलीको अध्यक्षतामा गठित समितिमा बासुदेव काफ्ले र बिनु खतिवडा सदस्य रहेको तीन सदस्य समितिले दोस्रो चरणको कार्यक्रम संचालन गरेको थियो ।

 

निर्वाचित नयाँ संचालक समितिहरुमा अध्यक्ष गोविन्दप्रसाद आचार्य ,उपाध्यक्षमा बाला भट्टराई ,सचिवमा तेजप्रसाद तिवारी ,दकिदेवी खतिवडा दिलकुमारी भण्डारी ,महिला सदस्य,फडिन्द्र सुवेदी ,खेमनाथ सिग्देल ,निर्मला कुमारी ओलि,दिपेन्द्रप्रसाद दंगाल खुल्ला सदस्यमा चयन हुनु भएको छ ।

त्यस्तै जिवनकुमार ओलिको संयोजकत्वमा लेखा समितिको चयन भएको छ । समिति सदस्यहरुमा खिनमाया पराजुली र भिमप्रसाद सापकोटा सदस्यमा चयन हुनु भएको छ। 

सभामा सेयर सदस्यहरुका जेहेन्दार छात्रछात्राहरु, असल ऋणीहरु ,बचतकर्ताहरु  र वृद्ध बृद्वा समेतलाई सम्मान गरिएको थियो ।

शंकरप्रसाद दाहालको अध्यक्षतामा भएको १४ औं साधारण सभाको कार्यक्रम संचालन गोबिन्दप्रसाद आचार्यले गर्नु भएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि