लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा स्रष्टा गणेश रसिक सम्मानित
लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा संचालन गरिने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन स्रष्टा गणेश रसिकलाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मान गर्दै भव्यताकासाथ सम्पन्न भएको छ ।
जयराम बिडारी,चैत्र १०काठमाडौ,काव्यघर /लीलाध्वज थापा साहित्य प्रतिष्ठानद्वारा त्रैमासिक रुपमा संचालन गरिने रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम शनिवारका दिन स्रष्टा गणेश रसिकलाई नगद रु १००००/(दश हजार ) सहित लीलाध्वज स्रष्टा सम्मानले सम्मान गर्दै भव्यताकासाथ सम्पन्न भएको छ ।
उक्त सम्मान/ पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकार विजयध्वज थापाद्वारा प्रदान गरिएको थियो । सम्मानित स्रष्टा रसिकले लीलाध्वज थापाजस्तो प्रतिष्ठित साहित्यकारको नाउँबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मान पाउँदा आफू ज्यादै अनुग्रहित भएको कुरा व्यक्त गर्दै लीलाध्वज थापा प्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।
What's Your Reaction?