वनिता साहित्यिक त्रैमासिक पत्रिकाले मनायो रजत महोत्सव

Jul 31, 2023 - 15:39
Aug 1, 2023 - 16:02
 0  27
वनिता साहित्यिक त्रैमासिक पत्रिकाले मनायो रजत महोत्सव


साउन १५,काठमाडौं,काव्य घर । वनिता साहित्यिक त्रैमासिक पत्रिकाले आफ्नो प्रकाशनको  २५औं वार्षिकोत्सब (रजत जयन्ती)मा वरिष्ठ अनुवादक एवं समालोचक प्रा.डा.अभि सुवेदीलाई अभिनन्दन गरेको छ । उहाँलाई "वनिता रत्न सम्बुद्ध गोपालप्रसाद रिमाल अभिनन्दन- २०८०"बाट अभिनन्दन गरिएको हो ।

यसैगरी साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठलाई "व्यथित काव्य वनिताश्री सम्मान- २०८०"बाट सम्मानित गरेको छ भने २०८१ बाट कवि ठाकुर वेलबासे सम्मानित भएका छन् ।
यसैगरी "वनिताश्री देवकुमारी थापा कथा विशिष्ट सम्मान २०८०"बाट कथाकार किशोर पहाडी र २०८१ बाट कथाकार सुष्मिता नेपाल सम्मानित भएका छन् ।
यसैगरी "रन्जुश्री- दामोदर यात्रा वनिता सम्मान - २०७९"बाट निबन्धकार युवराज नयाँघरे र २०८० बाट प्रतीक ढकाल सम्मानित भएका छन् ।
यसैगरी "वनिताश्री डा. नरेन्द्र चापागाईं समालोचक शिरोवर्ती सम्मान -२०८० बाट समालोचक प्रा. डा. सावित्री कक्षपती र २०८१ बाट समालोचक फणिन्द्र निरौला सम्मानित भएका
छन् ।
कार्यक्रममा बालसाहित्यकारहरु देवकुमारी थापा बालसाहित्य वनिता सम्मान/पुरस्कार शाश्वत पराजुली (२०८०) तथा  छायादत्त न्यौपाने ‘बगर’ सम्मानित भएका छन् ।
 संगीतकार राज सिग्देल,गायिका राधिका भण्डारी, अनुवादक राजेन्द्र गुरागाई, कवि रश्मि रिमाल, साहित्यकारहरु हरि बराल, संगीतकार मन्जु नकर्मीलगायतका स्रष्टाहरु सम्मानित भएका छन् ।
कार्यक्रम वनिता प्रकाशनकि प्रकाशक, सम्पादक प्राज्ञ लक्ष्मी उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, वरिष्ठ साहित्यकारहरु मन्जुल, अशेष मल्ल, राधेश्याम लेकाली, उन्नती बोहरा शीला, जलेश्वरी श्रेष्ठ, गोपीकृष्ण प्रसाईं लगायतको उपस्थिति रहेको थियो । प्रकाश समिरद्धारा सञ्चालन रहेको उक्त कार्यक्रम ई. महेन्द्र गुरुङले स्वागत गर्नु भएको सो कार्यक्रममा ह्यापी किड्स मन्टेश्वरीका ससाना नानीहरुले नृत्य प्रस्तुत गरेका
थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि