मुक्तकहरु - कमला घिमिरे अधिकारी

Jan 23, 2024 - 20:06
 0  74
मुक्तकहरु - कमला घिमिरे अधिकारी

फूलैफूलको बगैँचामा बसन्तको बहार थपेपछि
युगल जोडीले यसमै निश्वार्थ प्यार थपेपछि
सुन्दरताको अलौकिक दृष्यसँगै सन्तुष्टिको भाव,
कस्तो होला अझै गुलाबमा श्रृङ्गार थपेपछि ?

यस्तै मेरो कर्म सम्झेँ, सहनु नै धर्म सम्झेँ
खुसी मुहार भित्र पनि छन् लुकेका मर्म सम्झेँ
बिस्फोट भई ननिस्कियुन् गुम्सिएका भाव भन्दै,
सामाजिक परिधि भित्र बाबा आमाका शर्म सम्झेँ  ।

बाँचुन्जेल त भनिन्छ नि यस्तो नहोस्, उस्तो नहोस्
जीवन सोचे जस्तो नभए नि मृत्यु त्यति सस्तो नहोस्
अर्काकै लागि मात्र बाँच्ने जीवनको के सार हुन्छ र,
उस्तै, फूलको सुरक्षा मात्र गर्ने काँडा जस्तो नहोस्  ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि