विश्वमा नै उपन्यासमा पहिलो चित्रकला प्रदर्शनी 

Feb 20, 2024 - 20:33
 0  50
विश्वमा नै उपन्यासमा पहिलो चित्रकला प्रदर्शनी 


फागुन ८, काठमाडौ, काव्य घर । कलाकार तथा साहित्यकार इन्दु पन्तको एकल चित्रकला प्रदर्शनीको उद्घाटन आज नेपाल आर्ट काउन्सिल ववरमहलमा भएको छ । कला र साहित्यको संगम नामक यस प्रदर्शनमा बरिष्ठ साहित्यकार भरतजङ्गम द्धारा लिखित विश्व चर्चित उपन्यास कालो सूर्य माथि कला र साहित्यको संगम बनाउँने कार्य कालाकार इन्दु पन्तले गर्नु भएको हो । भ्रष्टाचारको विरोधमा २०३६ सालमा लेखिएको उक्त उपन्यासलाई कला मार्फत अझै चर्चित पार्ने कार्य भएको छ ।

प्रमुख अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपती नारदमणि हातृम्छालीले रिवन काटी उद्घाटन गर्नु भएको थियो ।  विशेष अतिथि पूर्व कुलपति रागिनी उपाध्याय, अतिथि कालो सूर्यका सर्जक भरत जंङ्गम र कलाकार इन्दु पन्त लगायत वशिष्ट कलाकार र साहित्यकारहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रमा प्रदर्शित चित्रकलाको अवलोकन गरिएको थियो । यस चित्रकला प्रदर्शन ५ दिनसम्म  नियमित रुपमा हुने जानकारी गराइएको थियो । उक्त चित्रकला प्रदर्शन विश्व कै पहिलो र नमुना भएको जानकारी गराइएको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि