हाइकु -हरिष कल्पित

Feb 19, 2024 - 21:25
 0  18
हाइकु -हरिष कल्पित


मिठो अतित
 त्रासद वर्तमान 
 मौन भविष्य मौन ! 

बन्दीगृहमा 
रुन्दैछ जिन्दगानी 
कोरोना त्रास ।।

मानव इच्छा
प्रकृतिको अगाडि 
  सधै निरीह  ।।

सुख र दुःख
जिन्दगीको गोरेटो 
अगाडि मृत्यु  !!

शून्य विम्वमा
बिलाउने जिन्दगी
गमेर बस्दा ।।

 मेरो दुःखमा 
 आकाश पनि रोयो
 झरी बनेर ।।

 श्रीकृष्ण लीला
मुरलीको धुन
 मग्न संसार ।।

 लेखिन्छ सधैँ
 भोगाई जिन्दगीको
 कथा अनेकौं ।।

 हर्ष र उन्माद
 जिन्दगी बिताउने
 कला जीवन ।।

खोजि रहने
प्रेमिल मनहरू
मायाको तृष्णा ।।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि