सम जयन्तीमा ‘अमर अनुभूति’ लोकार्पण

Feb 7, 2024 - 20:12
Feb 7, 2024 - 20:16
 0  30
सम जयन्तीमा ‘अमर अनुभूति’  लोकार्पण


  माघ २४,काठमाडौं,काव्य घर । महान् विभुति नाट्यसम्राट् बालकृष्ण समको जन्म जयन्तीका अवसरमा कवि प्रेमनाथ घिमिरेको ‘अमर अनुभूति’ कवितासङ्ग्रह लोकार्पण गरियो । कवि वैरागी काइँला,साहित्यकार रमा शर्मा,काठमाडौँ महानगरपालिका वडा नं १ का अध्यक्ष भरतलाल श्रेष्ठ, कवि घिमिरे लगायतका व्यक्तिबाट संयुक्त रूपमा कृति लोकार्पण भयो 
कृतिका सम्पादक तथा भूमिका लेखक उपप्रा ज्ञाननिष्ठ ज्ञवालीले कृतिबारे चर्चा गरे । कवि प्रह्लाद पोखरेल, साहित्यकार नरेन्द्र बहादुर श्रेष्ठले समको साहित्यिक योगदानबारे चर्चा गरे । साहित्यकार रमा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाली शिक्षा परिषद् र काठमाडौँ महानगरपालिका वडा नं १ को संयुक्त रूपमा आयोजना गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि