साहित्यकार उपचार कोषको स्थापना सहित बनभोज सम्पन्न

Jan 24, 2024 - 21:16
Jan 25, 2024 - 16:08
 0  119
साहित्यकार उपचार कोषको स्थापना सहित बनभोज सम्पन्न

माघ १०,काठमाडौ, काव्य घर । आज चोभार सामुदायीक बनमा साहित्यिक बनभोजको भव्य कार्यक्रम सफल भएको छ । बरिष्ठ कवि तुलसी दिवस र अतिथि जलेश्वरी श्रेष्ठ, पद्मावदी सिह, उन्नती बोहोरा शिला, विमला निरौला, राधेश्याम लेकाली, वियोगी बुढाथोकी,शैलेन्दु नेपाल, गीता कार्की, ललिता दोषी, शर्मा ललिता, सान् शर्मा,ज्ञानु अधिकारी,  भागिरथी श्रेष्ठ, धुब्रनारायण जोन्छेँ,शम्शेर बहादुर प्रधान, लगायत ७० जना साहित्यकारहरुको जमघट भएको थियो ।

 

कार्यक्रम संयोजन  रीता खत्री र उषा के.सी गर्नु भएको थियो । १० बजे स्थलमा पुगेर साहित्यकारहरुले चोभारका विभिन्न स्थानको अवलोकन गरेका थिए । तौड नागदह, आदिनाथको मन्दिर, जलविनाय र चोभार गल्छी लगायत विभिन्न ठाउँ घुमेर रमाइलो गरेका थिए । उक्त कार्यक्रममा आयोजकबाट टोपी उपहार दिदै परिचय गराइएको थियो । घाम ताप्दै सुन्दला र बदाम खानुको मज्जै भिन्न रहेको बनभोजमा नाच गान सहित रमाइलो गरिएको थियो ।

उक्त बनभोजमा दुई वटा नयाँ काम गरिएको थियो । साहित्यकार तथा पत्रकार रेणुका भट्टराई र कवि रेणुका चौलागाईलाई मित लगाउँने कार्य पनि सम्पन्न भएको थियो । उक्त मित लगाउँने कार्यमा बिशिष्ट कवि तुलसी दिवसले टीका लगाई दिदै आजबाट मित भएको घोषणा गर्नु भएको थियो । यस कार्यको सम्पूर्ण व्यवस्थापन दिव्य गिरीले गर्नु भएको थियो । 

यसै कार्यक्रमबाट साहित्यकार उपचार कोषको पनि स्थापना गरिएको घोषणा गरिएको छ । आजै कोषका लागि  रु १७८३० । संकलन भएको र यसलाई बढाउँदै जाने संयोजक रीता खत्रीले काव्य घरलाई जानकारी दिनु भएको छ । कार्यक्रममा  घैटो पूmटाउने खेल खेलिएको थियो । उक्त प्रतियोगितामा  विन्दु ढकालले जित्नु भएको थियो । यसरी सभ्य र भव्य रुपमा बनभोज सम्पन्न भएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि