शालिनदीमा श्री स्वस्थानी ब्रतको लागि तयारी पुरा

माघ ११ बिहिवार देखि शुरु हुने मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शंखरापुर नगरपालिका ,प्रहरी प्रशासन तथा यातायात व्यवसायीहरुको संयुक्त पहलमा धार्मिक तथा ऐतिहासिक नगरी शालिनदी मेलाा व्यवस्थित गरिएको व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए ।

Jan 24, 2024 - 17:37
Jan 24, 2024 - 17:46
 0  5
शालिनदीमा श्री स्वस्थानी ब्रतको लागि तयारी पुरा

माघ १०,काठमाडौं ,काव्य घर /श्री माधव नारायण स्वस्थानी व्रत तथा सालिनदी सुधार समिति साँखुद्वारा प्रत्येक वर्ष माघ महिनाको पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो तथा कठोर ब्रतका ब्रतालु तथा भक्तजनहरुका व्यवस्थापनका लागि सम्पूर्ण तयारी पुरा गरिएको कुरा पत्रकार सम्मेलन गरि बताईएको छ ।

स्थानीय समरा गार्डेन शालिनदीमा आयोजित पत्रकार सम्मेलनमा बालकृष्ण श्रेष्ठको सभापतित्व तथा शंकरापुर नगरपालिकाका मेयर रमेश नापितको प्रमुख आतिथ्यता, उप मेयर समिता श्रेष्ठको बिशेष आतिथ्यता एवं इलाका प्रशासन कार्यालय प्रमुख सिता परियार, प्रहरी प्रभाग साँखुका प्रमुख भगवती तिमिल्सिना, सालिनदी सुधार समितिका संस्थापक अध्यक्ष जनक नारायण श्रेष्ठ, निवर्तमान अध्यक्ष मिजेन्द्र काजी श्रेष्ठ, शालिनदी यातायात प्रा.लि. अध्यक्ष भुपेन्द्रबहादुर श्रेष्ठको आतिथ्यतामा सुसम्पन्न गरिएको थियो ।

 

माघ ११ बिहिवार देखि शुरु हुने मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि शंखरापुर नगरपालिका ,प्रहरी प्रशासन तथा यातायात व्यवसायीहरुको संयुक्त पहलमा धार्मिक तथा ऐतिहासिक नगरी शालिनदी मेलाा व्यवस्थित गरिएको व्रत तथा सालिनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिए । सो अवसरमा प्रमुख अतिथि तथा शंखरापुर नगरपालिका साँखुका मेयर रमेशनाथ नापितले मेलालाई सभ्य र भव्य रुपमा सुसपन्न गर्न मुल समिति र विभिन्न उपसमितिहरु गठन गरिएको जानकारी गराउंदै यातायात, सुरक्षा, टाफिक, सहयोगापेक्षी (माग्नेहरुको) लगायत फोहोरमैलाको समुचित व्यवस्थापनका लागि विभिन्न उपसमितिहरु गठन गरी शान्त, सफा वातावरणमा मेला सुसम्पन्न गरिने जानकारी गराउंदै मातृशक्तिहरुको आत्मसम्मानका लागि स्नान गर्ने क्रमको फोटो तथा भिडियो खिच्न मनाही गरिने पनि जनाएका छन् ।

 

उक्त कार्यक्रममा मेला भर्न आउने करिव २०,२५ लाख भक्तजनहरुको सुरक्षित, व्यवस्थित र मर्यादित दर्शनको सहजता लगायत झैझगडा, लुटपाट, पकेटमार नियन्त्रणका लागि सम्पूर्ण सुरक्षा दस्ता तयारी अवस्थामा रहने र यसका लागि हेल्प डेस्क लगायत सिसी टिभी जडान गरिनुका साथै एकसय भन्दा बढी प्रहरी परिचालन गर्नुका साथसाथै सादा पोशाकमा समेत यथेष्ट प्रहरी तैनाथ गरिने भएकोले शालिनदि मन्दिर परिसरमा महिला तथा पुरूष व्रतालुका लागि पूजापाठ तथा दर्शनको व्यवस्थापन गर्न सहज वातावरण हुने कुरा इलाका प्रशासन कार्यालय प्रमुख सिता परियारले जानकारी गराएकी छन् ।

 

उक्त कार्यक्रममा शालिनदी यातायात प्रा.लि. का अध्यक्ष भुपेन्द्रबहादुर श्रेष्ठले मेला भर्न आउने दर्शनार्थीहरुको सहजताका लागि उक्त रुटमा चल्ने सार्वजनिक यातायातहरुमा निश्चित स्थानहरुको भाडादरको लिस्ट राखि व्यवस्थित गरिनुका साथै शालिनदी यातायात प्रा.लि र बाबागोकर्णेश्वर प्रा.लि. द्वारा संयुक्त रुपमा एक सय साठी र आवश्यक परेको अवस्थामा अरु थप बसहरुको बन्दोबस्त गरी यात्रुको सेवामा बेलुका ८,९ बजे अबेरसम्म पनि मेला भर्न आउने भक्तजनहरुको सेवामा खटिने बताएका छन् । कार्यक्रममा करिव ५० जनाजति संचारकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा केही पत्रकारहरुले व्यवस्थापन ,सहज दर्शन लगायतका विषयमा जिज्ञासा राखेका थिए ।

 

कार्यक्रममा हरेक वर्ष मेला तथा व्रतको व्यवस्थापन गर्दै आएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदि सुधार समितिले धार्मिक,साँस्कृतिक एवं ऐतिहासिक पक्षको रूपमा श्री स्वस्थानी र शालिनदि जोडिएकोले नेपाली पहिचानको रूपमा विश्वमाझ चिनाउनु पर्ने विचार व्यक्त गर्दै कार्यक्रमकाा संयोजक एल.पी श्रेष्ठले सहजताका साथ कार्यक्रमको संचालन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि