स्विस नागरिक क्यारिनद्वारा बारेकोटमा राहत वितरण

जाजरकोटवासीको पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउने हेतुले भूकम्पीय केन्द्र रहेको जाजरकोटको बारेकोट गा.पा. पुगेकी छिन् स्वीस नागरिक क्यारिन मोइक्स । त्यहाँका स्थानीय प्रभावित जनतालाई उनले ज्याकेट, कम्बल, प्यान्ट्स, टोपी, शैक्षिक सामग्री, रूमाल, मोजा, जुत्ता, त्रिपाल जस्ता जाडो छल्न अत्यावश्यक सामग्री वितरण गरेकी हुन् ।

Dec 1, 2023 - 10:23
 0  8
स्विस नागरिक क्यारिनद्वारा बारेकोटमा राहत वितरण
स्रोत - माधव घिमिरे"अटल"

मंसिर १५ जाजरकोट ,काव्य घर/ जाजरकोटवासीको पीडामा थोरै भए पनि मल्हमपट्टी लगाउने हेतुले भूकम्पीय केन्द्र रहेको जाजरकोटको बारेकोट गा.पा. पुगेकी छिन् स्वीस नागरिक क्यारिन मोइक्स । त्यहाँका स्थानीय प्रभावित जनतालाई उनले ज्याकेट, कम्बल, प्यान्ट्स, टोपी, शैक्षिक सामग्री, रूमाल, मोजा, जुत्ता, त्रिपाल जस्ता जाडो छल्न अत्यावश्यक सामग्री वितरण गरेकी हुन् ।

 उत्प्रेरकको भूमिका निर्वाह गरेका सिन्धुवासी युवा समाजसेवी राजु शर्माका अनुसार, मोइक्सलाई स्वागत गर्न तथा आभार व्यक्त गर्न बारेकोट- १, सिल्पाचौरमा गा.पा. अध्यक्ष वीरवहादुर गिरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रभात चलाउने लगायतका व्यक्तित्वहरू समुपस्थित थिए ।

 

शर्माले बताए अनुसार क्यारिनले त्यहाँ करिब पैँसट्ठी लाख बराबरको राहत सामग्री वितरण गरेकी थिइन् । उनले स्थानीय सञ्चारकर्मीलाई अत्यन्त दर्दनाक अवस्था अनुभूत भएको प्रतिक्रिया दिइन् । यस्तो दृश्य त उनले फगत चलचित्रमा मात्र देखेको उनको कथन थियो ।

उनले 'एसोसियसन सुमो माया गर्छु' संस्थामार्फत राहत वितरण गरेकी हुन् जसको प्रमुख उनी आफैँ छिन् । क्यारिनले सुमो माया पदयात्राकी उनकी सहयोगी भएकी र वि.सं. २०७२ सालको विनाशकारी भूकम्पमा उनको निधन भएको थियो । सोही असामयिक एवम् अनपेक्षित मृत्युबाट आहत भएकी क्यारिनले उनको चिरस्मरणका निम्ति एउटा संस्था स्थापना गर्ने निधो गरिन् । सुमो माया गर्छु यसैको प्रतिरूप हो ।

 

यो चिसो मौसममा भूकम्पबाट प्रताडित स्थानीयजनलाई राहत दिन उत्प्रेरकको भूमिका भने राजु शर्मालगायत अन्य सचेत युवाले गरेको क्यारिनको कथन छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि