असार २८,काठमाडौ काव्य घर। अखिल नेपाल कबड्डी संघको अध्यक्षमा तुलसी थापा निर्वाचित भएकी छन् । उनी दोस्रो कार्यकालका लागि चयन भएकी हुन् । मंगलबार भएको अधिवेशनबाट थापाको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो । संंघको उपाध्यक्षमा कुमार आले र रतिया राजवंशी, महासचिवमा अरबिन्दकुमार झा, सचिवमा तर्कराज भट्ट र कोषाध्यक्षमा कृष्णदेव पन्त निर्वाचित भए । यसैगरी सदस्यमा तेजबहादुर विष्ट, निराजन श्रेष्ठ, जनक चौधरी, जयबहादुर बोहरा, विन्दु थापामगर, भगवती अधिकारी, निर्मलाकुमारी विसी, शरद दर्शनधारी, राजकुमार क्षेत्री, उमालाल यादव र धीरेन्द्र राजवंशी चुनिए । यस विषयमा बुधबार काठमाडौमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराईएको थियो । संघले, साधारण सभामापछि गरिने कार्यको फेहरिस्त पनि प्रस्तुत गरेको छ ।
एक महिना भित्र कार्यालय व्यवस्थापन ६ महिना भित्र २०३७ साल देखि २०८० सम्म सम्पन्न अन्तराष्ट्रिय कवड्डी पदकधारीलाई सम्मान गर्ने, अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगिता आयोजना गर्ने, प्रशिक्षक तालीम दिने तथा महिला शसक्तिकरण कार्यक्रमलाई निरन्तरता दिनेलगायतका कार्यक्रमहरु रहेका छन् । त्यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालमा कबड्डी विस्तारका लागि केही दिर्घकालिन योजनासहित अघि बढ्ने निर्णय समेत गरेको छन् । यस विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पूर्व सांसद समेत रहेकी थापाले कबड्डी संघले आफ्ना कामको प्रचार प्रसार गर्न नसकेको बताईन् । उनले कार्यक्रममा बोल्दै भनिन् कबड्डी संघको बारेमा खासै प्रसार भएको देखिदैन । त्यसैले हामी अगामी दिनमा के काम गर्छौ भन्ने कुराको जानकारीसहित हाम्रो कामको मुल्यांकन गर्दै राष्ट्रको लागि खेलकुद सधँ रहिरहन्छ भन्न चाहान्छु । खेलाडीहरुको जनजीवनमाथि उठाउनको लागि आज खेलाडीहरुको दयनीय अवस्था छ, त्यसलाई समाधान गर्न खेलाडीहरुलाई सम्मान र उनीहरुको जिविकोपार्जनको लागि राज्यले काम गर्नु पर्छ । ’ संघको अधिवेशनमा देशका ४२ जिल्लाका प्रतिनिधि सहभागी भएको आयोजक समितिले जानकारी दिएको छ ।
नेपालबोर्डर अनलाइन पत्रिका
सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि
बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि
अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि
समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि