प्रस्तावित बृहत् खेलकुद महोत्सवको जानकारी गराउँदै –समाजवादी

Jul 20, 2023 - 11:40
 0  4
प्रस्तावित बृहत् खेलकुद महोत्सवको जानकारी गराउँदै –समाजवादी


साउन ४, काठमाडौं, काव्य घर । नेपाल खेलकुद महासंघ समाजवादीले बृहत्त खेलकुद महोत्सवको आयोजना गर्ने भएको छ । आगामी असोज १३ देखी १९ गते सम्म काठमाण्डौमा हुने बृहत खेलकुद महोत्सवलाई भव्य र सभ्य बनाउन नेपाल खेलकुद महासंघ समाजवादीले विभिन्न नेता तथा सरोकारवालाहरूलाई जानकारी गराउने काम गरिरहेको छ । सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष  माधव कुमार नेपाल र उपाध्यक्ष  केशव लाल श्रेष्ठ समक्ष महासङ्घका अध्यक्ष केशवकुमार विष्ट , महासचिव अर्जुनभक्त राई सहितको टोलिले आसन्न  बृहत खेलकुद महोत्सवको विषयमा जानकारी गराएको नेपाल खेलकुद महासंघ समाजवादीका महासचिव राईले बताउनु भयो । 
महासंघका अध्यक्ष केशवकुमार विष्ट , महासचिव अर्जुनभक्त राई सहितको टोलीले संगठनले सोमबार पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई समेत खेलकुद महोत्सवको जानकारी गराएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि