प्रस्तावित बृहत् खेलकुद महोत्सवको जानकारी गराउँदै –समाजवादी
साउन ४, काठमाडौं, काव्य घर । नेपाल खेलकुद महासंघ समाजवादीले बृहत्त खेलकुद महोत्सवको आयोजना गर्ने भएको छ । आगामी असोज १३ देखी १९ गते सम्म काठमाण्डौमा हुने बृहत खेलकुद महोत्सवलाई भव्य र सभ्य बनाउन नेपाल खेलकुद महासंघ समाजवादीले विभिन्न नेता तथा सरोकारवालाहरूलाई जानकारी गराउने काम गरिरहेको छ । सोही क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र उपाध्यक्ष केशव लाल श्रेष्ठ समक्ष महासङ्घका अध्यक्ष केशवकुमार विष्ट , महासचिव अर्जुनभक्त राई सहितको टोलिले आसन्न बृहत खेलकुद महोत्सवको विषयमा जानकारी गराएको नेपाल खेलकुद महासंघ समाजवादीका महासचिव राईले बताउनु भयो ।
महासंघका अध्यक्ष केशवकुमार विष्ट , महासचिव अर्जुनभक्त राई सहितको टोलीले संगठनले सोमबार पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई समेत खेलकुद महोत्सवको जानकारी गराएको थियो ।
What's Your Reaction?