पाँचथर काठमाडौं सम्पर्क मञ्चद्वारा मन्त्री जबेगुसँग भेट

Jul 20, 2023 - 11:50
 0  3
पाँचथर काठमाडौं सम्पर्क मञ्चद्वारा मन्त्री जबेगुसँग भेट


साउन ४, काठमाडौं, काव्य घर । पाँचथर काठमाडौं सम्पर्क मञ्चले कोशी प्रदेशका मन्त्री कमलप्रसाद जबेगूसँग भेटघाट गरेको छ । बुधबार काठमाडौं  स्थित नेकपा एकीकृत समाजवादी अन्तर्गतको पाँचथर काठमाण्डौ सम्पर्कमञ्चको कार्यालय शान्तिनगरमा भेटघाट गरी कार्यकालको सफलताको शुभकामना सहित बधाई तथा शुभकामना दिने काम भएको पाँचथर काठमाण्डौ सम्पर्क मञ्चका अध्यक्ष विक्रम भट्टराईले बताउनु भयो ।
 कार्यक्रममा मञ्च आवद्द नेताहरूले मन्त्री जवेगूलाई कार्यकर्ताको भावना र जनचाहना अनुरूप काम गरी सिंगो प्रदेशको गरीमालाई उच्च राख्ने काममा सिंगो पार्टीको उच्च भूमिका रहनु पर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा बोल्दै मन्त्री जवेगूले सम्पर्क मञ्चका गतिविधिहरू  आफू र सिंगो पार्टीले उच्च मूल्याङ्कन गरेको भन्दै जिल्ला र केन्द्र सँगको सम्पर्क सूत्रलाई थप व्यवस्थित र प्रभावकारी ढंगबाट अगाडि बढाउन निर्देशन गर्नुभयो । उहाँले गत महिनामा जिल्लामा भएको बाढी पहिरो सहितका प्रकोपबाट ठूलो धनजनको क्षति भएको भन्दै सिंगो प्रदेश स्थानीय निकाय र संघीय सरकार लागि परेको र त्यस कार्यमा आम नागरिक पार्टी पंक्ति र सरोकारवालाहरूको समेत साथ र सहयोग जरुरी रहेको बताउनु भयो । 
कार्यक्रममा केन्द्रीय अनुशासन आयोगका सदस्य भक्तिमान सम्वाहाम्फे सम्पर्क विशेष प्रदेश  कमिटीका उपसचिव केशर अधिकारी श्रम तथा रोजगार विभाग सदस्य वेद लावती ,शिक्षा विभागका सदस्य वासुदेव अधिकारी, कोशि  सम्पर्क कमिटी उपाध्यक्ष देवि प्रसाद रिजाल ,समाजवादी प्रेस संगठनका उपमहासचिव तथा केन्द्रीय प्रचार विभागका सदस्य लेखनाथ सिकारु , समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य जैनव खातुन सम्पर्क मञ्चका सचिव रमेश पौडेल अध्यक्ष विक्रम भट्टराई लगायतले बधाई तथा शुभकामना सहित समसामयिक विषयमा आ आफ्ना धारणा राख्नु भएको थियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि