मिसेस युएसए युनिभर्स अवार्ड विजेता गुप्ताद्वारा माइती नेपाललाई आर्थिक सहयोग दिने
२४ फागुन, काठमाडौं,काव्य घर । मिसेस युएसए युनिभर्स अवार्ड विजेता मिनु गुप्ताले माइती नेपाललाई अनुदान दिने उद्घोष गरेकी छिन् । हाल अमेरिकमा बसोबास गर्दै आएकी गुप्ताले आफ्नो कम्पनी इग्नाइटको कमाइबाट २० प्रतिशत रकम माइती नेपाललाई दिने उद्घोष गरेकी हुन् । साथै, यस कार्यका लागि अनुराधा कोइरालासँग छलफल भएको बताईन् । आज (बिहीबार) रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलन गरी उनले मानव बेचविखन र घरेलु हिंसाविरुद्धको कार्य गर्नका लागि उक्त सहयोग गर्न लागेको बताइन् ।
साथै, उनले शिक्षाको महत्व र आर्थिक निर्भरताको महत्व र आफ्नो संघर्षबारे जानकारी गराउन पनिकार्यक्रम आयोजना गरेको बताइन् ।
उनी मिसेस एसिया–२०२१ को विजेता समेत हुन् । भारतमा जन्मिएकी मिनु गुप्ताले नेपालमा विवाह गरेकी थिईन् । उनले लामो समयदेखि अमेरिका बस्दै आएकी छन् ।
साथै, उनले आफ्नो पहिलो गोल अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपालको नाम राख्नु रहेको बताईन् । उनले आफू नेपालीकल्चर र हेरिटेजलाई अन्तर्राष्ट्रिय प्लेट फर्ममा चिनाउनलागि परेको बताईन् ।
What's Your Reaction?