डा.भट्टराईद्धारा मिटर ब्याज पीडितको आन्दोलनलाई ऐक्यबद्धता 

Mar 7, 2024 - 21:34
 0  1
 डा.भट्टराईद्धारा मिटर ब्याज पीडितको आन्दोलनलाई ऐक्यबद्धता 


फागुन २४, काठमाडौं, काव्य घर । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मिटर ब्याज पीडितका माग पूरा गर्न सरकारलाई आग्रह गरेका छन् । काठमाडौँको भृकुटीमण्डपमा बिहीबार डा.भट्टराईले मिटर ब्याज पीडितको आन्दोलनलाई ऐक्यबद्धता जनाए  

डा.भट्टराईले गरिब निमुखालाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घरजग्गा कब्जा गर्नेक्रम रोकिनुपर्ने बताए।

उनले भने, ‘शोषित, उत्पीडित जनताको संघर्ष कहिल्यै पनि टुंगिदैन। आंशिक रूपमा हामीले थोरै अधिकार त पायौं, पूर्ण अधिकार पाएको छैन। हिजोका क्रान्तिकारी साथीहरू सत्तामा गएर आज करोडपति, अरबपति बन्नुभएको छ। हिजो चप्पल लगाएर हिँड्ने साथीहरू आज ठूलाठूला महलमा बस्नुहुन्छ। ठूलाठूला ठेकेदारले दिएको आलिसान महलमा बस्नुहुन्छ। उहाँहरूले किनिदिएका ठूला गाडी चढेर हिँड्नुहुन्छ। अहिले तपाईंहरूलाई बिर्सिनुभएको छ। प्रधानमन्त्री प्रचण्डलाई,सत्ता सम्हालीरहेका कम्युनिस्ट र राजनीतिमा आउनुभएका नयाँ साथीहरूलाई आग्रह गर्न चाहन्छु, जनताको यो सडक संघर्ष तपाईंहरूको विरुद्धमा होइन, तपाईंहरूले सत्तामा बस्ने जुन अधिकार पाउनुभएको छ,यदि देशप्रति तपाईंहरू इमान्दार हुनुहुन्छ भने, मजदुर, किसानका लागि केही गर्न चाहनुहुन्छ भने यी मजदुर किसानको आन्दोलनले बल पुग्छ। त्यो बल पुर्‍याउन हामीहरू आएका हौँ। तपाईंहरूले हिजोका वाचा बिर्सिएर यिनै किसान, मजदुरले तपाईंहरूलाई लगाएको गुणलाई बिर्सिएर ठूलाठालु, कमिसनखोरहरूको पक्षमा लाग्नुहुन्छ भने किसान दाजुभाइ दिदीबहिनीहरूले एउटा विद्रोह गर्नुपर्ने हुनसक्छ। त्यसको निम्ति तपाईंहरू तयार हुनुपर्छ।’

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

काव्य घर नेपाल सुशासनका लागि अन्याय अत्याचार भ्रष्टाचार विरुद्धका लागि बिकासका लागि सत्यतथ्य सूचनाका लागि समृद्धिका लागि अशक्त अपांग निरक्षर गरीब पिछडिएको सीमान्तकृत बर्गका लागि समानताको लागि - भाषा साहित्य संस्कृतिका काव्य घर नेपाल मिडिया प्रालि